पनौती ज्यालापाटीमा सृष्टिको चिया पसल

पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य चियाका पाखरी हुन् । फुर्सदमा चियाप्रेमी कर्माचार्य चियाको चुस्कीसँगै साथीभाइसँग रमाइलो गफगाफ गर्न र समय बिताउन पनौती वडा नं ४ ज्यालापाटी ‘मट्का बिल्ज’ नामको पसल पुग्छन् ।
मट्का बिल्जमा उनीहरूको रोजाइ हुन्छ दूध चिया, जुन ३० रुपैयाँ पर्छ । चियासँगै पसलको वातावरण र सेवाबाट आफूहरू प्रभावित भएको कर्माचार्य बताउँछन् । फरक फरक चियाको फरक नै मूल्य छ । आफूलाई मन पर्ने चिया, ग्रिन टि त्यहाँ पुगेर पिउन सकिन्छ ।
“पनौतीका यति धेरै होटल, रेस्टुराँ छन् तर मलाईचाहिँ यस्तै चिया पसलहरू राम्रो लाग्छ । सस्तो छ, गफगाफको वातावरण पनि हुन्छ,” उनी भन्छन्, “त्यसैले कहिले साथीहरूसँग त कहिले एक्लै पनि यहाँ आउँछु ।”
चियाको लत मेटाउन खुलेको सो पसलमा युवा पुस्ताको आकर्षण बढ्दो छ । चियाकै लागि प्रख्यात यो पसलमा बिहानबेलुकी ग्राहकको भिड लाग्छ । अध्ययनले आरकिटेकर डिजाईनर कोर्स पुरा गरेकी पनौतीकी सृष्टि श्रेष्ठको चिया पसलमा अहिले युवाको भिड लाग्छ । चिया बेचेरै १५ हजार रुपियाँसम्मको व्यापार गरेको अनुभव उनीसँग छ । सुरुमा धेरैले निरुत्साहित गर्ने अनेकौ प्रयासलाई चिर्र्दै उनले पसल खोलेको एक बर्ष पुरा भएको छ ।
विदेश नजाने तर नेपालमै केही गर्छाै भन्ने सोचले उनलाई आफ्नो पसललाई अघि बढाउन प्रेरणा प्रदान गरेको छ ।

एक बर्ष अघि खोलेको उनको पसलमा केही अनौठो कुरा छन् । गजबको डिजाईन छ । भित्तामा साना साना कागजमा पसलमा खाएको चियाको र सृष्टिकै बखान र कमेन्ट गरिएका छन् । राम्रा कुर्सीमा बसेर आरामले चिया पाउने भएपछि धुलिखेल, बनेपा र रोशीदेखि चिया खान सृष्टिको पसलमा धेरै आउँछन् । उनको आमाले बर्षाैदेखि चलाएको चिया पसललाई उनले रुपनै फेरेर नाम समेत फेरिदिएकी छिन् । कति मिठो स्वाद किप ईट अप भनेर लेखेको कमेन्ट पढेर काम गर्ने जाँगर बढ्ने सृष्टिको भनाई छ ।
खाजाघरमा चिया अनिवार्यजस्तै पाइने भए पनि चियाकै लागि खुलेका पसल थोरै थिए । “पहिले चिया खान पनौतीका खाजाघरमा पस्नुपथ्र्यो, अहिले त चियाघर नै छन् । त्यस बेला चिया कि कालो कि दूधको मात्र हुन्थ्यो,” उनी भन्छन्, “अहिले त चियाकै लामो मेन्यु हुन्छ ” पनौतीका विरेन्द्र वाईवाले भने ।
अहिलेका चिया पसल चियामा मात्र सीमित नभई सम्बन्ध बनाउने, आत्मीयता बढाउने एक माध्यमका रूपमा विकसित हुँदै गएका छन् । सृष्टिको चिया पसल पनि त्यसैको उदाहरण हो । कुनै सटर वा गल्लीभित्र हुने साँघुरा चिया पसलमा भन्दा यी पसलमा घण्टौँ बिताएर मन हलुका बनाउन सकिने उनी बताउँछन् ।
चिया पिउन होटल वा रेस्टुरेन्टभन्दा यस्तै पसल जान रुचाउने पत्रकार भक्त दाहालले भने । शान्त वातावरणमा मौलिक संस्कृति झल्किने सजावटका कारण यस्ता चिया पसल आफ्नो रोजाइमा पर्ने गरेको उनले सुनाए। उनी पनौतीमा धेरै चिया पसल पुगेका छन् । हरेक गल्ली र सडकमा खुलेका यस्ता पसलमा ठाउँअनुसार चियाको विशेषता र स्वाद फरक भएपनि सृष्टिको चिया पसलको मट्का चिया भने फरक स्वादको रहेको छ ।

चिया पसलमा चियापारखी मात्र जाँदैनन् भन्ने उदाहरण हुन् उमेश शाह ठकुरी । सृष्टिको चिया पसलमा भेटिएका उनी साथी सन्तोष ढकालसँग त्यहाँ पुगेका थिए । चियाप्रति उमेशको औधी मोह नभए पनि सृष्टिको पसलको वातावरणबाट प्रभावित छन् । कहिलेकाहीँ साथीहरूसँग आउने उनीलाई बिस्तारै चियाको लत पनि लाग्दै गएको छ। “यहाँ आउँदा नेचुरल ठाउँमा आएजस्तो लाग्छ । यहाँको सामान्य वातावरण सस्तो चिया, साथीभाइसँगको रमाइलो यस्तैले बानी हुँदै गयो। जति बस्यो उति धेरै बस्न मन लाग्छ,” उनले भने । केयूका विद्यार्थी उनी चिया खान भनेर धुलिखेलदेखि त्यहाँ पुग्छन् । उनले चियाको स्वाद असाध्यै राम्रो भनेर प्रतिक्रिया पनि दिएका छन् ।
चियापारखीलाई केन्द्रमा राखेर खुलेका चिया पसलले मौलिकपन झल्किने सजावट गर्ने गरेका छन् । आकर्षणका आकर्षक पेन्ट समेत टाँसिएको छ ।
माटोको भाँडोमा चिया बनाउने अनि माटोकै भाडामा खान दिने पनि गरिन्छ । यसरी गाउँलेपन झल्काउँदा बिहानदेखि बेलुकासम्म कंक्रिटले घेरिएका कोठामा रहेन शहरका मानिस आकर्षित हुने मट्का चियाका सञ्चालक सृष्टिले बताईन् ।

तपाईको प्रतिक्रिया