बनेपा÷मण्डनदेउपुर नगरपालिका वडा नं ७ नौबिसेमा पुरातात्विक हिसाबले ब्रजयोगिनी मन्दिर बनाईने भएको छ । मण्डनदेउपुरमा मन्दिर र देवालय बनाउन र धार्मिक पर्यटनलाई टेवा पु¥याउने हेतुले ब्रजयोगिनी मन्दिर बनाउन स्थानीयले महायज्ञ लगाउने भएका छन् । जेठ १८ गते देखी २४ गते सम्म मण्डनदेउपुर नगरपालिकाको वडा नं ७ नौबिसेमा बज्रयोगिनी मन्दिर निर्माणको लागि पण्डित शिव प्रसाद सापकोटा र पडित विष्णु प्रसाद तिमल्सिनाको मुखारविन्दबाट प्रवचन हुने संगितमय महायज्ञमा सहभागी हुन सबैलाई आयोजकले अनुरोध गरेको छ । साँखुमा रहेको ब्रजयोगिनी मन्दिरकै स्वरुपमा निर्माण गरिने मन्दिर निर्माणमा आर्थिक श्रोत जुटाउने उदेश्यले महायज्ञ गर्न लागेको स्थानीय समाजसेवी तथा समितिका उपाध्यक्ष झलकप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँले २०८२ जेठ १८ गते कलश यात्रा सहित पूर्वाङ्ग र मण्डप पुजा गरिने उल्लेख गर्नुभयो । प्रत्येक दिन विहान ७ वजे देखी पुजा अर्चना सहित पाठ पारायण, प्रत्येक दिन विहान १० बजे देखी ५ वजे सम्म कथा प्रवचन तथा भजन हुनेछ । प्रत्येक साँझ ७ बजे देखी सन्ध्या आरती र भजनकृतन, जेठ २४ गते समापन साङ्ग्य विसर्जन गरिने भएको छ । महायज्ञमा मण्डनदेउपुरबाट धेरैभन्दा धेरै नागरिकले सहभागिता जनाएर आर्थिक, भौतिक र नैतिक सहयोग र सर्मथन हुनेछ भन्ने आसा आयोजक समितिले राखेको समितिका अध्यक्ष रामहरि सापकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने तयारी समितिले गरेको छ । श्रीमद् भागवत् ज्ञानमहायज्ञमा सहभागी हुन सम्पुर्ण मण्डनदेउपुरबासी र धार्मिक अनुरागीलाई आयोजकले अनुरोध गरेको छ ।
नौबिसेमा ब्रजयोगिनी मन्दिर बनाईदै, जेठ १८ बाट महायज्ञ गरिदै
2025-05-23T20:55:23+05:45
तपाईको प्रतिक्रिया