संस्थागत सामाजिक उत्तरदायित्वको कार्यान्वयन नेपाल कमजोर

संस्थागत सामाजिक उत्तरदायित्व( सिआरएस) मजबुत बनाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरुले औल्याएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ईन्डो नेपाल सिआरएस सम्मेलनमा सहभागी विज्ञहरुले संस्थागत सामाजिक उत्तरदायित्व क्षेत्रलाई मजबुत बनाउन र नेपाल–भारतबीचको सहकार्यलाई अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
उपसभामुख ईन्दिरा रानाले नेपालमा सामाजिक उत्तरदायित्वका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यती धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरुले यसलाई ध्यान दिन नसकिरहेको बताईन । उनले सिएसआरका कार्यक्रमहरुले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताईन् । ‘‘हामीले सिएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ । यसमा कर्पोरेट कमुनिटिजहरुले पनि बहस गर्न जरुरी छ । सिएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।’’ उनले भनिन् ।
नेपाल इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्टीजका उपाध्यक्ष एवंम सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटहरुले सिएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको बताए । विफक्याप नेपालका सिइओ मनोज रेग्मीले सिएसआर समिटबाट प्राप्त रकमले पूर्व नेपालका तीन वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका चार सय जना उद्यमीहरुलाई वित्तीय साक्षरता दिने बताए । । आगामी वर्ष एशिया सिएसआर समिट आयोजना गर्ने उल्लेख गरे ।
यस्तै कार्यक्रमका सत्रहरुमा इन्डीयाका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले सिएसआरका मोडालीटीहरु प्रभावकारी बनाउनुपर्छ त्यसपछि बल्ल समाजमा उल्लेखीय समाजसेवाका कार्यक्रमहरु स्थापना गर्न सकिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया