प्रधानमन्त्री केपी ओलीले ०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन् ।
एमालेनकिट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै कसैले बहुमत ल्याउन मुस्किल पर्ने पद्धति भएपनि असम्भव नरहेको जिकिर गरे ।
उनले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं । अहिले यही कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ। चुनौतीपूर्ण छ । तर एमालेका लागि सम्भव छ। त्यसैले हामीले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं ।’
देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउनको लागि एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको बताए।
उनले भने, ‘अहिले हामीमाथि प्रहार भइरहेको छ। सोसल मिडियाबाट हाम्रा विरोधी भन्नाले देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तिव्र ढंगले अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्वहरुले हाम्राविरुद्ध प्रचार गरिरहेका छन्, हामीले त्यसलाई बुझेर आफैं त्यसकाविरुद्ध लाग्नुपर्छ।’
उनले विपक्षीहरुसँगको जुधाइले पर्याप्त हुन नसकेकाले जनतामा भ्रम पर्न खोजेकाले सिथिल नभइ उत्साहित भएर अघि बढ्नुपर्ने बताए।
तपाईको प्रतिक्रिया