केशवराज पौडेल
धूम्रपानको प्रयोगले ज्यान लिन्छ । यो जान्दाजान्दै मानिसले यसको प्रयोग गरिरहेका हुन्छन् । धूम्रपानले ठूलो मानवीय, आर्थिक स्रोत हामीबाट खोस्ने गर्दछ । धूम्रपान कम गराउन धेरै उपायले काम पनि गरेका छन् । त्यसको बाहिर आवरणमा त्यसले पार्ने असरको बारेमा हालिएका चित्रले मानिसले झस्काउँछ अनि खान कम गराउँछ । एक अध्ययनले त्यस्ता सामाग्रीको प्रभावकारिता ९० प्रतिशतसम्म देखिएको छ । त्यस्ता चित्र र धूम्रपान नगर्ने सम्बन्धि भिडियो सामाग्रीले निक्कै प्रभावकारी काम गरेका छन् । त्यसको प्रयोग विश्वव्यापी गरिएको छ ।
धूम्रपानको रुपमा प्रयोग गरिने चुरोट, बिँडी तमाखु, ककड, हुक्का, पाइप र धुँवा रहित मुखमा चपाएर खाने जस्तैः सुर्ती, खैनी, जर्दा, पान, पराग, गुट्खा, नस नै सुर्तीजन्य पदार्थहरु हुन् । जुनसुकै रुपमा यसको प्रयोग गरेतापनि यसको सेवनले मानव शरीरको स्वास्थ्यमा प्रतिकूल असर पार्ने चिकित्सकले उल्लेख गर्नुभएको छ ।
लामो समयदेखि धूम्रपान र सुर्तीजन्य पदार्थको सेवनले पु¥याउने हानीको बारेमा स्कुलमा पुगेर सचेतना कक्षा चलाईरहेका प्रल्हाद शर्माले यसको प्रयोग गरेर कुनै पनि फाईदा नभएको उल्लेख गर्नुभयो ।
उहाँले धूम्रपान एक प्रकारको दुव्र्यसन भएको बताउनुभयो । धूम्रपान भन्नाले खासगरी सुर्तीको धुँवा खान कार्य रहेको र त्यसले शरिरलाई हानी पार्ने बताउनुभयो ।
सुर्तीजन्य पदार्थमा करीब चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरु पाइने त्यो मध्ये २ सय देखि ४ सयसम्म साह्रै हानीकारक रसायनहरु रहेको बताउनुभयो । सुर्तीजन्य पदार्थमा करीब ६० थरीका प्राणघातक क्यान्सर गराउने तत्वहरु हुन्छन् ।
खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्र्साईड जस्ता प्राणघातक रसायनहरु पाईन्छन् भने निकोटिन जस्तो धूम्रपानको लत लगाउने तत्व पनि पाईन्छ । करीब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हो ।
सुर्तीजन्य पदार्थको असरको बारेमा विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्ने उल्लेख गरेको छ । विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुने संगठनले प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले –सेकेण्ड ह्याण्ड स्मोकिङ) मृत्यु हुने गरेको छ ।
यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ । विश्व स्वास्थ्य संगठन –डब्लु एच ओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्मा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन् । नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भई रहेको छ।
डब्लुएचओ का अनुसार नेपालमा ४९% पुरुष र २९% महिलाहरु धूम्रपान गर्दछन् । संसारमा १ अरबभन्दा धेरै मानिसरु सूर्तिजन्य पदार्थको सेवन गर्दछन् । संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा सास फेर्दछन् । विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन् । बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अरब मानिसको मृत्यु हुनेछ । सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ ।
रोगहरुको सबैभन्दा ठूलो कारकतत्व सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनको पहलमा धेरै कामहरु भइरहेका छन्। । नेपालले पनि त्यसमा कार्य गरिरहेको छ । सुर्तीजन्य पदार्थ विरुद्धमा जनचेतना बढाउनुको साथै यसको नियन्त्रणको एउटा राम्रो उपायमा कर बढाउने पनि हो । १०% कर बढाउदा ८% प्रयोगकर्ता घट्ने अनुसन्धानले देखाएको छ । यसैलाई मनन गरी सन् २०१४ मे ३१ विश्व धूम्रपान रहित दिवस नारा “सुर्तीजन्य पदार्थमा कर बढाऔं रोग तथा मृत्यु घटाऔं” भन्ने नै राखिएको थियो । करले खेलेको महत्वको कारणले यस्तो भएको हो ।
सुर्तीजन्य पदार्थको विज्ञानमा पूर्णतया रोक लगाउने, होडिङ बोर्डहरु राख्न नपाइने, कुनैपनि कार्यक्रमहरु प्रायोजन गर्न नपाइने, सुर्ती उत्पादनको प्याकेटमा स्पष्ट चेतावनी चिन्हले ९०% भाग ढाक्नुपर्ने, १८ वर्ष मुनिकालाई बेच्न नपाइने, सार्वजनिक स्थललाई धूम्रपान मुक्त बनाउनुपर्ने मुख्य बिषय हो ।
चुरोटको बट्टामा लेखिने हलुका, मलुवा, स्लिम, शीतलता जस्ता शब्दलाई प्रतिबन्ध लगाउने, चोरी पैठारीमा रोक लगाउने, कर बढाउने, भन्सारमुक्त पसलमा बिक्री गर्न नपाइने, सुर्तीजन्य वस्तुको उत्पादनमा दिइने ऋण सुविधामा रोक लगाउने, सुर्ती उत्पादकहरुलाई वैकल्पिक आय आर्जनको स्रोत प्रदान गर्ने, सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पार्ने असरहरुका बारेमा प्रचार–प्रसार गर्ने साथै सुर्तीजन्य पदार्थहरु सम्बन्धी विश्व स्वास्थ्य संगठनले दिएको तथ्याङ्क सर्वसाधारणलाई जानकारी गराउने, सुर्तीजन्य पदार्थहरुको बिक्री वितरणको लागि अनुमतिपत्रको प्रावधान बनाउने रहेका छन् ।
चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा अब १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने निर्देशिका कार्यान्वयन रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको पत्राचारबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले कारण देखाउ आदेश दिएको छ ।
उद्योग मन्त्रालयको पत्र काट्ने कदम गैरकानूनी भन्दै बरिष्ठ अधिवक्ता ज्योति बाँनियाले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउँ आदेश जारी गरेको हो । साथसाथै सर्वोच्चले पत्र काट्ने कदम बिरुद्ध अन्तरिम आदेश जारी गर्न पर्ने कि नपर्ने भन्ने विषयमा निर्णय लिन पक्ष विपक्ष दुबैलाई छलफलका लागि बोलाएको छ ।
उद्योग मन्त्री दामोदर भण्डारीले सुर्तिजन्य पदार्थ उत्पादक तथा वितरकको प्रभावमा आएर गत चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउनुभएको थियो । सर्वोच्च अदालतले उक्त पत्रविरुद्ध अन्तरिम आदेश जारी गर्ने विषयमा छलफल गर्नका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको ।
सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा बार्षिक ३९ हजार २०० बढीको मृत्यु हुने गरेको छ । उक्त पत्रविरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरिएको थियो ।, रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाँले उल्लेख गर्नुभयो ।
बानियाँले भन्नुभयो, ‘जनस्वास्थ्यका लागि हानीकारक चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको प्रभावमा मन्त्री भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउने विषय गैरकानुनी मात्रै होइन, उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हो ।’
उद्योग मन्त्री दामोदर भण्डारीले सुर्तिजन्य पदार्थ उत्पादक तथा वितरकको प्रभावमा आएर गत चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउनु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गर्नुभएको थिये ।
मन्त्री पौडेलले पारित गरेको उक्त निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नु पर्ने व्यवस्था राखिएको छ ।
निर्देशिकामा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, ¥यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने लगायतका चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने भनिएको छ ।
रोटको बट्टा, प्याकेट र ¥यापर्सको सहायक दायाँ भागको माथिल्लो नब्बे प्रतिशत भागमा धुम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिन जस्ता क्यान्सरको कारक तत्त्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दस प्रतिशत भागमा ब्रान्ड नाम उल्लेख गर्नु पर्नेछ । त्यस्तै, सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दस प्रतिशत भागमा उत्पादकको नाम र ठेगान छाप्नु पर्नेछ ।
चुरोटको बट्टा, प्याकेट र ¥यापर्सको सहायक तल्लो सम्पूर्ण भागमा सुर्तिजन्य पदार्थमा भएको निकोटिनको मात्रा, ब्रान्ड नाम र उत्पादन मिति उल्लेख गर्नुपर्नेछ । यस्ता चेतावनी मूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरुले देखाएका छन् । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गर्छ ।
धूम्रपान घटाउन प्रभावकारी बन्दै सन्देशमूलक आवरण
2025-05-19T06:50:53+05:45
तपाईको प्रतिक्रिया