काभ्रेमा एक ट्राफिक प्रहरीको भागमा २० किलोमिटर सडक

बनेपा÷काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाल,नमोबुद्ध र रोशी तथा भुम्लु गाउँपालिकाको राजमार्ग क्षेत्रमा ट्राफिक प्रहरीको सकृयता ज्यादा हुन्छ । मण्डनदेउपुरमा भर्खरै ट्राफिक प्रहरीले आफ्नो उपस्थिती देखाएको छ ।
बेथानचोक, तेमाल, महाभारत, चौरीदेउराली, खानीखोलामा दुर्घटनाको समयमा मात्रै उपस्थित हुने गरेको छ । काभ्रेमा ४० जना ट्राफिक प्रहरी कार्यारत हुनुहुन्छ । त्यसमा काभ्रेमा रहेको राजमार्ग , कच्ची सडकको अवस्थालाई हेर्दा एक जना प्रहरीको भागमा कम्तिमा २० किलोमिटर सडक हेर्ने अवस्था छ ।
जिल्लामा कुल ८५८.२ किमी पक्कि सडक मध्ये १३२.२ किमी पक्कि सडक, ५०४.४ कच्चि सडक र १२८.६ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् । चालु वर्षको १० महिनामा १ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको छ । १३ हजार ७ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले पत्रकारसँगको अन्तरकृयामा जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनुभयो । मुख्य राजमार्ग अरनिको र विपी वर्षा पछि र पुर्ननिर्माणका कारण प्राय क्षेत्रमा कच्चि जस्तै भएका छन् । दुर्घटना न्युनिकरण र सामान्य दुर्घटना भईरहनु सडक निर्माणका प्रमुख कारण मानिएका छन् । दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतनाका लागि प्रहरी निरीक्षक धाँजुले जिल्लाका सामुदायिक ५०८, संस्थागत ९६ र धार्मिक २ वटा गरी ६०६ जना शिक्षकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षक शिक्षक तयार पार्ने योजना सुनाउनुभयो । उहाँले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा सबै विद्यालयका बालबालिकाहरुलाई ट्राफिक सचेतना सहितका कक्षाहरु संचालन गर्ने गरी विद्यालय शिक्षक तयार गर्न लागिएको बताउनुभयो । विद्यालयमा तयार गरिने शिक्षकहरुले आफ्नो विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा कक्षा लिनेछन् ।
विद्यालयहरुले संचालन गरिरहेका बसहरुलाई स्कुल बस निर्देशिका २०७४ अनुसार संचालनका लागि अनुरोध गर्ने, सो कानून नमान्ने विद्यालयका बस चालकहरुलाई कारवाही गर्ने उहाँले बताउनुभयो ।
विद्यालयहरुले पालना गर्नु पर्ने, सार्वजनिक यातायातमा तोकिएको छुट र आरक्षण शुल्क कार्यान्वयनका लागि अनुगमन गर्ने, प्रेसर हर्न न्यूनिकरण, चालक सह चालकलाई अनुशिक्षण, यान्त्रिक साधनहरुको परीक्षण, प्रदुषण नियन्त्रणमा काम गर्ने बचताउनुभयो ।

तपाईको प्रतिक्रिया