शून्य बेरुजुमा नेपाल फष्ट भयो महाभारत


काभ्रेपलाञ्चोक जिल्लाको विटक र दुर्गम मानिएको महाभारत गाउँपालिका यो बर्ष पनि बेरुजु शून्य हुने नेपालको एकमात्र स्थानीय तह बन्न पुगेको छ ।

महालेखापरीक्षकको ६२ औ बार्षिक प्रतिवेदन २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिका महाभारतमा शून्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शून्य नै थियो । जिल्लाका अन्य १३ पालिकामा मण्डनदेउपुरमा ०.०९, भएर दोश्रो भएको छ । धुलिखेल ०.२५, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, नमोबुद्ध २.६० रहेको छ । महाभारतको छिमेकी खानीखोलामा भने सबैभन्दा धेरै ४.४९ बेरुजु देखिएको । चौरीदेउराली १, तेमाल १.१२, बेथान्चोक १.७५, भुम्लु ०.८६ र रोशी २.२० प्रतिशत बेरुजु रहेको छ ।

तपाईको प्रतिक्रिया