इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ स्थगित गरिएको छ। भारत र पाकिस्तान बीचको सीमापार तनावलाई ध्यानमा राख्दै बीसीसीआईले यो निर्णय गरेको हो। औपचारिक घोषणा चाँडै हुने क्रिक इन्फोले जनाएको छ ।
आईपीएलले बिहीबार पञ्जाब किंग्स (पीबीकेएस) र दिल्ली क्यापिटल्स (डीसी) बीचको खेल पहिलो इनिङको बीचमा छोड्ने निर्णय भएको थियो। हिमाञ्चल प्रदेशको धर्मशाला रंगशालामा खेल भइरहेका बेला विमानस्थल र नजिकैका क्षेत्रहरूमा ड्रोन र रकेट आक्रमण भएका थिए । त्यसपछि खेल बीचैमा रोकेर आयोजक, खेलाडी र अफिसियल दिल्ली फर्किएका थिए ।
आईपीएल २०२५ हाल ५८ खेलहरू भइसकेको छ । समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्, जसमध्ये दिल्ली, चेन्नाइ, बंगलुर, मुम्बइ, जयपुर र लखनऊमा २, हैदराबाद, अहमदाबादमा ३ र त्यसपछि प्लेअफहरू हैदराबाद र कोलकातामा खेलिने कार्यक्रम थियो ।
तपाईको प्रतिक्रिया