भुइँ ऐँसेलुले चिनिदै मुक्ती

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मुक्ती बिष्ट सफल खेलाडी र सकृय राजनीतिज्ञ थिए । युथ फोर्स काभ्रेको अध्यक्ष, युवा संघका अध्यक्षहुँदै पटक–पटक एमालेको जिल्ला कमिटीका सदस्य बनेका मुक्तीको परिचय अहिले फेरिएको छ ।
भुइँ ऐँसेलु (स्ट्रबेरी) खेती गरेर मुक्ती जिल्लाकै नमूना कृषक बन्न पुगेका छन् । पाटीप्रतिको उनको लगावमा एक ईन्च पनि कमी आएको छैन । तर राजनीतिमा सकृय भएर भाषण गर्ने उनी अहिले खेतमा स्टबेरी खेतमा भेटिन्छन् ।
फागुनदेखि सुरु गरेर वैशाख अन्तिमसम्म पाक्ने भएकाले उनी यतीबेला भुई ऐँसेलु टिप्न मै व्यस्त छन् । कोरोनाको समयमा निःशुल्क गुर्जो वितरणका बेला हरेक ठाउँमा पुगेर जनप्रीय बनेका बिष्ट अहिले वार्षिक ३० लाख रुपैया आम्दानी गर्ने अनुकरणीय किसान बन्न पुगेका छन् ।
सुुरुमा थाहा पनि थिएन, न खेतीबारेमा जानकार नै थिए, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा आफैले रोप्ने सीप सिकेर व्यवसाय थालेका उनी अहिदे सोही पेसामा अरुलाई तालिम दिन सक्ने भएका छन् । व्यवयायिक स्ट्रबेरी खेतीमा रत्तिभर विचलित नभई लाग्यो भने व्यवसायको दायरा बढ्दै जाने र मुनाफा पनि बढ्दै जाने उनको अनुभव छ ।
विष्टले काभ्रेको बनेपामा र नुवाकोटको ककनीमा समेत गरेर २० रोपनी क्षेत्रफलमा स्ट्रबेरीखेती गरेका छन् । आगामी बर्ष २० रोपनी जग्गा थपेर कृषि पर्यटनको रुपमा विस्तार गर्ने गर्ने योजना अघि सारेका छन् ।
स्ट्रबेरीको लागि बजारको समस्या छैन, उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपा, धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ उपत्यकासँगै पोखरासम्म पुग्ने गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा स्ट्रबेरीको हवको रुपमा स्थापित गर्न आफैले बिरूवा उत्पादन शुरु गरेका छन्। अघिल्लो बर्षबाट देशका प्रमुख सहरमा उत्पादन पुर्याउने लक्ष्यका साथ भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा माग अनुसार बिरुवाको ढुवानी सुरु गरेका छन् ।
चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको बिष्टले उल्लेख गरे । व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको भएपनि अहिले सम्म नपाएको गुनासो छ । तर कतैपनि बिचलित नभएका मुक्ती साँच्चिकै उदाहरणीय बनेका छन् ।

तपाईको प्रतिक्रिया