अखिल क्रान्तिकारीले विद्यार्थी कल्याण निर्देशनालयमा गरे तालाबन्दी


काठमाडौं – अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिले बुझाएको मागहरु उपर विश्वविद्यालय प्रशासन र विद्यार्थी कल्याण निर्देशनालयले वेवास्ता गरेको र वैठक आह्वान पनि गर्न नखोजेको हुदा उक्त समितीले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।मिति चैत्र १२ गते माग पत्र बुझाएको र ८ दिन वितिसक्दा पनि कुनै पहल नगरेको हुदा आन्दोलित हुनु पर्ने अवस्था शृजना भएको कुरा अखिल(क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समिती संयोजक सन्तोष बुढाथोकीले जानकारी दिनु भएको छ। माग पत्रमा विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत हुनु पर्ने, फार्मेसी २२ र २३ व्याचका विद्यार्थीहरुले पाउनु पर्ने छात्रवृत्ति नपाएको हुदा तत्काल छात्रवृत्ति प्रदान गरिनु पर्ने र विश्वविद्यालयको ऎन र नियम विपरित भएका सबै पदहरु खारेज गरिनु पर्ने मागहरु अखिल(क्रान्तिकारी)ले राखेको थियो। विगतमा पनि कयौं विद्यार्थीका जायज मागहरु उपर प्रशासनले सहमति मात्र गरेको तर कार्यान्वयन नगरेको संगठनले आरोप लगाएको छ। प्राथमिक स्वास्थ्य केन्द्र स्थापना, भर्ना समय अगावै छात्रवृत्ति सुनिस्चितता, नया भर्ना गरेका विद्यार्थीको कक्षा संचालन अगावै आवासको सुनिस्चितता , विद्यार्थीहरुले आवश्यकताको आधारमा पाएको छात्रवृत्तिहरु कुनै पनि वाहनामा खारेज नगर्ने जस्ता विविध मागहरुमा सहमती भएको तर कार्यान्वयनको एउटा पहल पनि नगरेको विद्यार्थीहरुले बताएका छन।

काठमाडौं विश्वविद्यालयले विद्यार्थी कल्याण परिषद्को चुनावको मिति वैशाख १५ गते निर्धारण गरेको छ। उक्त परिषदको विधान दशकौ पुरानो रहेको र परिमार्जन गरिनु पर्ने माग विभिन्न संगठनहरुले राख्दै आएका छन्। तर, निर्देशनालयले विद्यार्थीका मागहरु सम्बोधन गर्न कुनै पहल नगरेको र चुनावको मिति आउन मात्र ३ हप्ता मात्र बाकी रहेको हुदा यो विषय झन पेचिलो बनेको हो।

प्रशासनले विद्यार्थीहरुका हक अधिकार कुन्ठित गर्न खोजेको र जायज मागहरुलाई वेवास्ता गरेको हुँदा प्रशासनलाई दवाव सृजना गर्न शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ।

कार्यक्रमहरू:

१) २०८२-१२-२२ – विद्यार्थी कल्याण निर्देशनालय तालाबन्दी।

२) २०८२-१२-२३ – आइडलबार एडमिन ब्लक बाहिर जागरण सभा।

३) २०८२-१२-२५ – सांकेतिक विरोध प्रदर्शन।

४) २०८२-१२-२६ – स्कूल अफ इन्जिनियरिङ  र साइन्स तालाबन्दी।

५) २०८२-१२-२७ – रिले अनशनको सुरुवात।

संगठनले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ। तर, यदि विद्यार्थीका जायज मागहरू बेवास्ता गरिए भने थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ। अखिल (क्रान्तिकारी) ले आन्दोलन विश्वविद्यालयको पठनपाठनलाई असर नपर्ने गरी अघि बढाउने प्रतिबद्धता जनाएको छ। संगठनले सबै विद्यार्थीहरूलाई यस आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया