
धुलिखेल÷ काभे्रपलाञ्चोक र सिन्धुपाल्चोकका बीउ व्यवसायी, बीउ उत्पादक र सरोकारवालाबीच बीउको महत्वको बारेमा अन्तरकृया गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बीउको महत्व र आवश्यकताको बारेमा अन्तरकृयामा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा किसानले रङ्गीचङ्गी प्याकेटमा आउने हाईब्रिड मात्रै राम्रो हुने भ्रममा किसान परेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा धान,मकै, तरकारीको बीउको आयात हुने दरमा बृद्धि भएकोबारे सहभागीलाई जानकारी गराउनु भएको थियो । किसानले बीउ चक्रको बारेमा ध्यान दिन नसक्नु र त्यसको ज्ञानको कमीले पनि बीउको प्रयोगमा आयतको समस्या बढिरहेको उल्लेख गर्नुभयो ।
बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालय हरिहरभवनका प्रमुख वेनीप्रसाद प्रसाईले बीउको अवस्थाको बारेमा जानकारी गराउनुभयो । उहाँले नेपालमा बीउको प्रयोग भैरहेको र संरक्षण तथा बीउ उत्पादन र संरक्षणमा भएका समस्याको बारेमा प्रकाश पार्नुभएको थियो ।
बागमती प्रदेशका बीउ बिजन गुण नियन्त्रण कार्यालयका राजन ढकालले बागमती प्रदेशमा बीउको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।
सहभागी बीउ उत्पादक तथा बिक्रेताहरुले भोगीरहेको समस्याको बारेमा सो अवसरमा जानकारी गराएका थिए । चोरबाटोबाट आउने बीउको समस्या, उचाई अनुसार बीउको प्रयोग नगर्ने परिपाटी, हरेक बर्ष नयाँ बीउको प्रयोग गर्ने, आईपिएम खेती प्रणाली अनुसार खेती नगर्ने जस्ता समस्या भएको जानकारी गराउनुभयो ।
स्थानीय जातको बीउमा नाफा कम हुने भएको र हाईब्रिडमा ज्यादा फाईदा हुने भएकाले व्यवसायीले स्थानीय जातको बीउलाई कम प्रोत्साहन गरेको सहभागीले गुनासो गरेका थिए ।
सकिदै शुद्ध नश्लका बीउ र हाईब्रिडकै भरमा किसान
2025-04-01T20:27:51+05:45

तपाईको प्रतिक्रिया