जिल्ला सहकारी संघले आयोजना गरेको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि ज्योति मिर्मिरे साकोस पनौतीले हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा ज्योति पनौतीकै ईन्द्रेश्वर साकोसलाई ३–२ गोल अन्तरले पराजित गर्दै १५ हजार नगर र ट्रफी हात पार्न सफल भयो । उपविजेता बन्न सफल ईन्द्रेश्वरले १० हजारमा चित्त बुझायो । सामुदायिक साकोसलाई हराउँदै ज्योति फाईनलमा जाँदा रोशीलाई हराएर ईन्द्रेश्वर फाईनलमा पुगेको थियो । प्रतियोगितामा रोशीले ५–१ ले पराजित गरेको हो । उसले नगद पाँच हजार ट्रफी र पुरस्कार हात पारेको हो ।
मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराका साथ अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०२५ को अवसरमा अन्तर सहकारी मैत्रीपूर्ण फुटसल विजेतालाई भोलि विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले प्रतियोगिता आयोजना गर्नुको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । जिल्लाका २० वटा सहकारीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा ज्योति मिर्मिरे सहकारीले जिल्ला सहकारी संघलाई ट्राई ब्रेकरमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको फाईनल खेल आज नै हुनेछ ।
उद्घाटन कार्यक्रमको सहजीकरण सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो भने उद्घाटन खेलमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, बनेपा वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, जिल्ला सहकारी संघका निर्वतनमान अध्यक्ष दिलिप शर्मा, जिल्ला सहकारी संघको उपाध्यक्ष शान्ति लामा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाको सहभागिता रहेको थियो ।
सहकारी संघले मुख्य कार्यालय बनेपामा सहकारी दिवसको अवसर पारेर राष्ट्रिय झण्डा र सहकारीको झण्डोत्तोलन, बृक्षारोपण, खुल्ला रक्तदान र फुटसल प्रतियोगितामा विजयीलाई पुरस्कार वितरणको कार्यक्रम रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया