दीपक प्रसाद पौडेल, सहकारी अभियन्ता
राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालमै पहिलो पटक २००० सालमा काभ्रेपलाञ्चोक जिल्ला साविक पूर्व १ नम्बरमा सहकारी संस्था खोल्न अगुवाई गर्दै नेतृत्व गर्नुहुने बनेपा निवासी प्रतिष्ठित सामाजिक व्यक्तित्व स्व. राजदास बादेज्यू प्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै नमन गर्न चाहन्छु । यस्तै चितवन जिल्लाका बाढीपिडित किसानहरुलाई संगठित गरेर सहकारी ऋण समिति गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेतृत्व गर्नुहुने स्व। बखान सिं गुरुङ्ग , सहकारी एन २०१६ ल्याउने प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.बि.पि. कोइराला, सहकारी ऐन २०४८ जारी गर्ने तत्कालीन सरकार, प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालालाई सम्झन चाहन्छु । नेपालका सहकारी अभियानमा संलग्न सबै अग्रजहरु, सहकारी संघ संस्थामा आवद्ध सदस्य, सञ्चालक समिति, कर्मचारी, शुभेच्छक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । काभ्र ेपलाञ्चोक जिल्लाबाट सहकारीको शुरुवात भएको हो भनी तदारुकताका साथ लाग्ने र यो विषय उठाउने स्व. कैलाश भक्त प्रधानाङ्गज्यू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । सहकारीको विकासमा सहयोग पु ¥याउनहन तिन तह, स्थानीय, प्रदश र सघीय सरकार र ती सरकारका सहकारी सम्बद्ध निकायहरुमा कार्यरत कर्मचारीहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपालमा राष्ट्रिय सहकारी दिवस मनाउन शुरुवात गरिएको र काभ्र ेपलाञ्चोक जिल्लाबाट सहकारीको प्रारम्भ भएका एतिहासिक तथ्य यस प्रकार रहका जानकारी गराउँदछ । १) चत्र २० गत नपालमा राष्ट्रिय सहकारी दिवस मनाउन शरुवात सहकारी एन २०४८ अनसार २०५० साल असार ६ गते राष्ट्रिय सहकारी संघको गठन भएपछि राष्ट्रिय सहकारी संघको पहलमा त्यस पछिका वर्षहरुबाट शुरु गरिएको र यस संगै नेपाल सरकारले पनि यसै दिनलाई सहकारी दिवस मनाउँदै आएकोछ । २) २०१३ साल चैत्र २० गते चितवन जिल्लामा दता भएका बखानपर सहकारी ऋण समितिलाइ नेपालमा दर्ता भएको पहिलो सहकारी संस्था मानेर सहकारी दिवस मनाउँदै आएको छ । २०१३ बाट गणना गर्दा यो वर्ष हामी ६८औं सहकारी दिवस भनी मनाईरहेकाछौं । तर त्यस अघि नै वि.सं. २००० साल भदौमा काभ्र ेपलाञ्चोक जिल्लाको बनेपामा सहकारी संस्था खुलेको ऐतिहासिक तथ्य प्रमाणहरु सरकारी दस्तावेजहरुका उल्लेख भएको पाइन्छ । ३) काभ्र ेपलाञ्चोक जिल्ला बनेपाबाट सहकारी संस्थाको प्रारम्भ भएको ऐतिहासिक तथ्यगत विषयहरुको प्रमाण सरदार भीम बहादुर पाण्डेले लेख्नु भएको त्यस बखतको नेपाल भाग २ र भाग ३ मा उल्लेख भए अनुसार वि.सं. २००० साल भाद्र माहिनामा बनेपाको समाजसेवी प्रतिष्ठित व्यक्ति रानदास बादे श्रेष्ठको अगुवाइ, सकृयता, नेतृत्वमा मे.ज. विजय सम्सेर ज.ब.रा. र श्री भीम बहादुर पाण्डेको सहयोगमा पूर्व १ नम्बर काभ्र ेपालञ्चोकका कृषकहरुको जमीन साहुको बन्धकीबाट निखनी उनीहरुको अवस्था सुधार ल्याउन, कृषि उत्पादनमा बृद्धि गर्न बनेपामा ल्याण्ड मोटगेज बैंक तथा को–अपरेटीभ सोसाइटी (भू–बन्धकी बैंक र को–अपरेटीभ सोसाईटी) स्थापना भएको थियो । यो बैंक र को–अपरटीभ स्थापना गन अघि सरकारी स्तरबाट २००० साल बशाख १० गत दखि असार १५ गत सम्म सवक्षण गरी प्रतिवदन बझाएका थिया । सवक्षण काभ्रपलाञ्चाकका साँगा, बनेपा, नाला, धुलिखेल, दाप्चा, खड्पु, पनौती, तिमाल, पाँगु, खोपासी र सिन्धपलाञ्चोकको सीपा, चौतारा, घुमथाङ्ग, जलबिरे, लिस्नी, कोदारीका सेरोफेरोका प्रमुख गाउँ र हटियामा गरिएको थियो । सर्वेक्षणको प्रश्नहरु मध्ये कसको को संग कति कति ऋण छ ? ऋण कति पुरानो हो? के दरमा साहु(व्याज) तिर्ने गरेकोछ ? त्यस ताका ढ्याके व्याज, आने व्याज, नुने व्याजको चलन थियो । त्यस समय रु. १०० को वार्षिक १९० सम्म व्याज तिर्नु पर्दथ्यो । गरीब किसानहरुको बन्धकीमा रहको जग्गा जमीन निखन्न(साहुबाट किसानलाई फिर्ता दिने) सहुलियत व्याजमा ऋण दिन, कृषि र घरल इलमीलाइ बिज, कारा जिनीस सपथ मल्यमा किन्न र उनीहरुकले तयार गरेको सामान उचीत मूल्यमा बेच्ने प्रबन्ध मिलाउन संस्था स्थापना भएको थियो । यो संस्था खोल्न सरकारबाट पटके १ लाख र वार्षिक १२ हजार खर्च दिने गरेको थियो । करीब ५ वर्ष सञ्चालनमा रहेर यो संस्था २००५ साल चैत्र १ गते खारेज भएकोले यसमा काम गर्ने कर्मचारीहरुलाई राष्ट्रिय आर्थिक योजना समितिमा काममा लगाई राख्नु भन्ने वि.संं २००६ साल जेष्ठ १० गते संस्था खारेज भएको खड्ग निसानमा लेखिएको छ । ४) काभ्र ेपलाञ्चोक जिल्लाको बनेपामा पहिलो सहकारी संस्था खोलेको बारेमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि..(नेफ्स्कून)का पूर्व अध्यक्ष स्व. कैलाशभक्त प्रधानाङ्गले लेख्नु भएको पुस्तकमा नेपालमा सहकारी ऐन, विकासक्रम २०६४ र अस्थिर मुलुकमा स्थिर सहकारी पुस्तक २०७६ मा उल्लेख गर्नु भएकोछ । यो विषयमा उहाँले जीवनको अन्तिम अवस्थासम्म पनि निरन्तर उठाउँदै आउनु भएको थियो । हामी सहकारी अभियन्तालाई यस बारेमा जानकारी गराउने र उत्पेरणा दिईरहनु हुन्थ्यो । हालै उहाँ स्वर्गाीय हुनु भयो । ५) काभ्र ेपलाञ्चोक जिल्लाबाट प्रारम्भिक संस्था, जिल्ला, केन्द्रीय संघमा सञ्चालक समितिमा रहेर लामो समय काम गर्दै सहकारी अभियानमा संलग्न रही राष्ट्रिय सहकारी महासंघमा १० वर्ष राष्ट्रिय प्रतिनिधि र राष्ट्रिय सहकारी विकास बोर्डमा २ कार्यकाल र नेपाल सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा रही कार्य गरेको, सहकारी विषयमा खोजी, अनुसन्धान गर्दै लेखहरु, पुस्तकहरु लेख्ने म (दीपक प्रसाद पौडेलले) सहकारीका हरेक कार्यक्रमहरुमा सरदार भीम बहादुर पाण्डेले लेख्नु भएको त्यस बखतको नेपालमा उल्लेख भएको विषय, कैलाशभक्त प्रधानाङ्गले लेख्नु भएको र अग्रज राजदास बादेका भाइ गोपालदास बादेसंग र बनेपाका बुद्धिजिवी लेखकहरुसंगको सम्पर्कबाट प्राप्त जानकारी अनुसार नेपालमा पहिलो सहकारी संस्था बनेपामा खुलेको बारे विभिन्न पत्रपत्रिकाहरुमा २०५७ साल देखि नै लेख्ने, साधारण सभाहरुमा बोल्ने र सरकारी निकायहरुमा यस बारे जानकारी गराउँदै आएको थिए । पछिल्ला वर्षहरुमा सहकारी क्षेत्रमा कार्य गर्नेहरुको ध्यान यस तर्फ गएकोछ। माननीय सूर्य थापा संयोजक रहेको संसदीय छानविन विशष समितिलाइ यस एतिहासिक विषयमा म सहित काभ्रका सहकारी अभियन्ता, पत्रकारहरुले अवगत गराएका थियौ ै । श्री कामहरुबाट यस विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण भएकोछ । ६) संघीय संसद, प्रतिनिधि सभाबाट गठन भएको मा. सूर्य थापा संयोजक रहेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमाख संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ को परिच्छद ३ का नपालमा सहकारीका एतिहासिक विकास, उप शीषक ३.१ अवधारण् ा विकासका चरण(२०००–२००५) मा, वि.सं. २००० साल भाद्रमा बनेपामा सहकारी संस्था खुलेको बारे यस्तो उल्लेख गरिएको छ ? ७) मा. सूर्य थापा संयोजक रहेको संसदयीय छानविन विशेष समितिको प्रतिवेदन संसदबाट पारित भई कार्यान्वयनको लागि नेपाल सरकारमा पठाएको, सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीपरिषदबाट निर्णय गरी सम्बन्धित निकायहरुमा पठाइसकेको हुँदा संसद र सरकारले समेत २००० साल भाद्र महिनामा काभ्र ेपलाञ्चोक जिल्लाको बनेपामा नेपालमा पहिलो सहकारी संस्था गठन भएको स्वीकार गरेको हुनाले अव मनाइने सहकारी दिवस २००० साल भाद्रलाई आधार मानेर मनाउनु पर्ने देखिन्छ । हाल सम्म ओझेलमा परेको ऐतिहासिक तथ्यलाई गहन अध्ययन गरेर संसदयीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदननमा सर्व सम्मत रुपमा समावेश गर्नु भएकोमा संयोजक मा. सूर्य थापा लगायत सदस्यज्यूहरु सबै माननीयहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो विषयलाई सबैमा सुचित गराउने पत्रकार, सहकारीकर्मी र काभ्र े जिल्लावासी सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यसरी काभ्रेपलाञ्चाोक जिल्लाबाट सुरु भएको थियो सहकारी अभियान
2025-04-01T18:31:12+05:45
तपाईको प्रतिक्रिया