बनेपाको स्थापना दिवसमा केयूका उपकूलपतिदेखि किसान म्यान अफ द वल्ड नेपाललाई सम्मान

बनेपा÷बनेपा नगरपालिकाले स्थापनाको ४४ औं बार्षिकोत्सव मनाएको छ । बनेपाको स्थापना दिवसमा केयूका उपकूलपतिदेखि किसानसम्मलाई सम्मान गरेको छ । बनेपाले प्राज्ञिक, किसान, शिक्षण, खेलकुद, गायन, कलामा उत्कृष्टलाई सम्मान गरेको हो ।

प्राज्ञिक ब्यक्तित्व मार्फत काठमाडौ विश्वविद्यालयका उपकुलपति बनेपा १२ निवासी प्रा.डा.अच्युतप्रसाद वाग्लेलाई सम्मान गरेको हो । मोहन तौजले र सजिना श्रेष्ठ सम्मानित भएका छन् । २५ वर्ष सेवा अवधी पुगेका कर्मचारीहरु लक्ष्मी देउजा र विकास खाछिभोया, सुम्पिएको जिम्मेवारी इमान्दारपुर्वक निर्वाह गर्ने सीता भट्टराई र विश्वनाथ भोक्षिभोयालाई नगद २५ हजार सहित सम्मान गरिएको छ हो ।
बनेपा १२ की गयाजी खड्का, बनेपा १४ का सस्मन बस्नेत, बनेपा १२ का सुरज कार्की, बनेपा ५ का राजमन्दिर श्रेष्ठ, बनेपा १० का देवराज केसी, बनेपा ७ का अनुजकुमार सिंह, बनेपा ८ का सन्देश मानन्धर, बनेपा १४ का आयुष दुलाल, बनेपा १४ कै रजिना श्रेष्ठ, बनेपा १० का मनिल श्रेष्ठ, बनेपा १४ की तुम्ला मधिकर्मी, बनेपा ८ का प्रा.डा भिमलाल नकर्मी, बनेपा ३ का सुजित गुरुङ, बनेपा ८ ककी लक्ष्मी भालु श्रेष्ठ, बनेपा ३ का रविनसन श्रेष्ठ, बनेपा ७ का ओसिश कारंजित, बनेपा १३ का भीमबहादुर खड्का, बनेपा ११ का महेश्वर थापा र बनेपा ७ का प्रज्वल प्रधानलाई सम्मान गरिएको हो ।
गायत्री बैदार, रामकृष्ण कार्की, मोहनप्रसाद गुरागाई र भगवती तिमल्सिनालाई शिक्षकको रुपमा स्थायी भएको १५ बर्ष पुरा गरेकोमा सम्मान गरेको छ ।
१५ वर्ष सेवा अवधी पुगेका कर्मचारीहरुमा शिवराज त्रिपाठी, रिता ढुंगाना बञ्जारा, भक्तिकुमारी तिमल्सिना र निलम बज्राचार्यलाई सम्मान गरियो ।
२०८० चैत्रसम्म अवकास पाउने शिक्षकहरु हरीप्रसाद श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, उद्धवराज गौतम, मधुसुदन बैद्य, कमला हुमागाई, बच्चुराम दाहाल, इन्द्रावती श्रेष्ठ, शान्तलाल श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, दया प्रजापति, राजु बस्नेत, गणेशप्रसाद दाहाल, केदारप्रसाद दाहाल, रामप्रसाद दाहाल र सिताराम दाहाल सम्मानित भए । कक्षा १२ मा संस्थागत तर्फ उत्कृष्ट हुने स्वस्तिका कार्की, कुसुम यादव र सिद्धान्त तिमल्सिना सामुदायिक तर्फ रामी सार्की र जीवन स्याङतानलाई सम्मान गरियो ।
एसईईमा उत्कृष्ट हुने सामुदायिक विद्यालय तर्फका प्रतिक्षा विक, स्मरण लामिछाने, साजन कोईराला र संस्थागत तर्फ स्मृति श्रेष्ठ, अभिषेक बञ्जारा र सम्भव अधिकारी पुरस्कार वितरण गरियो ।

स्थापना दिवसमा बनेपा १४ का प्रकाशचन्द्र जोशी उत्कृष्ट करदाताका रुपमा सम्मानित हुनुभयो । हेस्टर साईन्सेज प्राली बनेपा ८ स्थित मालपोत र ब्यवसाय कर बापत ९ लाख २१ हजार ३ सय रुपैया बुझाएर संस्थागत तर्फबाट सम्मान गरिएको थियो ।
ब्यवसायीक खेती तर्फ मणिराज श्रेष्ठ बनेपा १, बनेपा ३ का हरिशरण बजगाई, बनेपा ४ का रमनकाजी सुवाल, बनेपा १३ का निरमाया तामाङ र बनेपा ७ की तारा श्रेष्ठलाई प्रशंशापत्र प्रदान गरिएको छ । पशुपालन तर्फ उत्कृष्ट भैसीपालक प्रकाश तिमल्सिना, बाख्रापालक सानुमैया भुजेल, काफ्ले कृषि तथा पशु पन्छी फर्म, रमेश तामाङ लगायत छन् । उनिहरु सबैलाई १०÷१० हजार नगद सहित सम्मान गरिएको थियो ।
स्थापना दिवस नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको थियो । उपप्रमुख विमला सापकोटाले स्वागत गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित संघ तथा प्रदेश सभा सदस्यहरु, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । पालिकाले प्रकाशन गर्दै आएको बुलेटिनको तेश्रो भाग सार्वजनिक गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी उपप्रधान मन्त्री प्रकाशनमान सिंहले गर्नुभएको थियो ।
उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको उल्लेख गर्नुभयो । जस्तोसुकै चुनौती आएपनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताउनुभयो ।
नागरिकको जीवन र जिविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको र अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, तिर्थ लामा, प्रदेशसभा सदस्य रुकु चौंलागाँई, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, नेकपा एमाले बनेपा नगरकमिटीका अध्यक्ष नवराज मानन्धर,जनप्रतिनिधिहरु, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनपाको विकासमा आफुहरूले सकेको काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया