बनेपा÷बनेपामा हरेक बर्ष हुने मेयर कप फुटवल प्रतियोगिताको पाँचौ संस्करण आजबाट सुरु हुने भएको छ । बनेपा पोलिटेक्नीकलको ग्राउण्डमा हुने प्रतियोगिताको तयारी पुरा भएको छ ।
१४ नै वटा वडाले सहभागिता जनाउने प्रतियोगिताको संयोजन वडा नं ९ ले गरेको छ । अघिल्लो संस्करणको विजेता वडाले संयोजन गर्ने नियम अनुसार बनेपा–९ ले प्रतियोगिताको संयोजन गरिरहेको छ । आज वडा नं ९ र वडा नं २ बीच उद्घाटन खेलहुनेछ । फाईनल खेल चैत्र ११ गतेहुने कार्यतालिका छ ।
आजदेखि बनेपामा मेयरकप फुटवल
2025-03-16T07:04:57+05:45
तपाईको प्रतिक्रिया