आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको काठमाडौं देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १८.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो।
तपाईको प्रतिक्रिया