सर्वाेत्कृष्ट हुने लयमा चण्डेश्वरी सृष्टिकान्त मावि एक हजारभन्दा धेरै विद्यार्थी, पायो गुणस्तरको आईएसओ प्रमाणपत्र

नाला÷सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार्न योजना बनाउन आवश्यक रहेको प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा उत्कृष्ट विद्यालय चण्डेश्वरी श्रृष्टीकान्त माविको ७७ औं बार्षिकोत्सवलाई उद्घाटन गर्नुहुँदै बाँस्कोटाले संघीय, प्रदेश र स्थानीय सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको लगानीलाई सदुपयोग गर्न आवासीय विद्यालय तर्फ जोड दिन आवश्यक रहेको बताउनुभयो । गुणस्तरलाई प्रतिस्पर्धी बनाउन, भरोसायुक्त बनाउन तथा सिद्धान्तलाई ब्यवहारमा उतार्न योजना बनाउन आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । बाँस्कोटाले शिक्षालाई उत्पादन, आर्थिक रुपान्तरण तथा परिणाममुखी तथा आत्मविश्वास उन्मुख तर्फ अगाडी बढाउनु अहिलेको आवश्यकता हो ।
सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको संख्यालाई बढाउन आवासिय विद्यालय निर्माणमा तीन तहकै सरकारले ध्यान दिनु पर्ने बताउँदै पुर्व मन्त्री बाँस्कोटाले जनसंख्याको घट्दो दर, विज्ञ शिक्षकहरुको अभाव हुन थालेकाले शिक्षामा भएको लगानी ब्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो ।

एक हजारभन्दा धेरै विद्यार्थी, पायो गुणस्तरको आईएसओ प्रमाणपत्र

बनेपा नगरपालिका वडा नंम्वर ४ नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा एक हजारभन्दा धेरै विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
सो विद्यालयको ७७ औं बार्षिकोत्सव, अभिभावक दिवस, प्रमाणपत्र वितरण, आर्ईएसओ प्रमाणपत्र हस्तान्तरणको कार्यक्रम विद्यालय प्राङ्णमा भव्य रुपमा भएको छ । सोही सामुदायिक विद्यालयहरु तर्फ नेपालमै पहिलो चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले आईएसओ प्रमाणपत्र प्राप्त गरेको दाबी गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षको समन्वय आवश्यक रहेकाले सहयोगको आव्हान गर्नुभयो । उहाँले एक दशकदेखिको प्रयासले अहिले विद्यालय सुधारको नतिजा आउन थालेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले विद्यालयले गरिरहेको शैक्षिक प्रगति तथा आगामी योजनाका बारेमा बार्षिकोत्सवमा जानकारी दिनुभयो ।
आईएसओ प्रमाणपत्र वितरण गर्दै परामर्शदाता शैलेन्द्र खरेलले विद्यालयले ब्वस्थापकीय क्षमता वृद्धि भएको बताउनुभयो । नेपालमा पहिलो पटक उक्त विद्यालयले ब्यवस्थापकीय प्रणाली र विधिवत ब्यवस्थापनमा सुधार गरी प्रमाणपत्र प्राप्त गरेको उहाँले दाबी गर्नुभयो ।

एक करोडको विद्यालय व्यवस्थापन कोषको अवधारणा

विद्यालयले शुरु गरेको ब्यवस्थापन कोषलाई बृद्धी गरी एक करोड पु¥याउने लक्ष्य राखिएको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । ३१ लाख रुपैया पुगेको कोष यो वर्ष ५२ लाख पु¥याईएको छ । केहि वर्ष भित्रै कोष बृद्धी गरी त्यसबाट प्राप्त हुने ब्याजबाट विद्यालयलाई आवश्यक पर्ने विभिन्न खालका खर्चहरुको ब्यवस्थापन गरी विद्यालयलाई नमूना र उत्कृष्ट बनाउने अभियान चलाउने योजना विद्यालयको छ ।
प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, वडा अध्यक्षहरु रमेश दाहाल तथा विभिन्न वडाका अध्यक्षहरु, पुर्व वडा अध्यक्षहरु, शिक्षा शाखा तथा अन्य शाखाका प्रमुखहरु, छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु, विद्यालयका अभिभावक तथा शुभचिन्तकहरु, शिक्षक विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयले ब्यवस्थापन कोषमा रकम सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया