श्वेतबराह र चुण्डेश्वरमा युवा अगुवाको खेलसामाग्री सहयोग


बनेपा । श्वेतबराह माध्यामिक विद्यालय र रत्नचुण्डेश्वरका विद्यार्थीलाई त्यहाँका युवाले खेल सामाग्री हस्तान्तरण गरेका छन् । बनेपा नगरपालिका वडा नं २ स्थित श्री श्वेतबराह माध्यमिक विद्यालय र रत्न चुडेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै स्थानिय समाजसेवी,युवा,व्यवसायीको समन्वयमा खेल सामाग्री हस्तान्तरण गरिएको हो । खेलकुदले व्यक्तित्व विकासका दृष्टिले महत्वपूर्ण छ भन्ने सन्देशका साथ खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
यसअघि पनि स्थानीय युवा अगुवा पूर्व वडा सदस्य गंगा प्रसाद घिमिरेले आफूले पाउने बैठक भत्ताबाट त्यस्ता सामाग्री दिने गरेकोमा पुनः उहाँकै अगुवाईमा दुई विद्यालयका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । सो सामाग्री खरिदमा घिमिरेको अगुवाईसँगै जयराम थापा, जीवन मग्राती, सुर्य सिग्देल र जयराम सिग्देलको सहयोग रहेको थियो ।
खेलकुदले व्यक्तित्व विकासका पूर्वाधार तयार गर्दै बिधार्थीहरुको वृति विकासमा टेवा पुर्याउने हुनाले विद्यालय स्तरबाट प्रोत्साहन स्वरुप सहयोग गरेको घिमिरेले जानकारी दिनुभयो । विद्यालयका विद्यार्थीका लागि आवश्यक क्यारिम वोर्ड,फुटबल, भलिबल, ब्याट मिन्टन, लुडो,नागपास र डोरीको चार चार थानसँगै डिसपेन्सर दुई थान विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।
घिमिरेले आफ्नो कार्यकालमा प्राप्त बैठक भत्ता समेटेर यस्तै प्रकारले सामाजिक कार्यमा खर्चिदै आएको र आगामी दिनहरुमा अझ बढी प्रभावकारी बनाउन दृढतापूर्वक लाग्ने साथमा युवाहरु मिलेर गाउँमै केही गरौं भन्ने भावना जागृत गराउने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया