
नेकपा माओवादी केन्द्र अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) भोलि धुलिखेल आउने भएकाछन । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धुलिखेल आउनुहुने माओवादी केन्द्र काभ्रे जिल्ला सम्योजक भोला प्रसाद अर्यालले जानकारी दिए । जिल्ला पार्टीको आयोजनामा पार्टीको अधिवेशनबाट निर्वाचित भएका नगर र गाउँ समितिलाई बधाई तथा शुभकामना कार्यक्रम र प्रशिक्षण समेत रहेको उक्त कार्यक्रम अध्यक्ष प्रचण्डले संबोधन गरिने सम्योजक अर्यालले बताए ।

भोलि हुने कार्यक्रम अध्यक्ष कमरेड आउनुहुने कार्यक्रमको सबै तयारी पूरा भएको माओवादी केन्द्र काभ्रे जिल्ला सचिब दैबलाल घिसिङ (अनुशिल) ले जानकारी दिए । धुलिखेल नगरपालिका संगै रहेको हालमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिने घिसिङले बताए । कार्यक्रमको तयारी सबै पूरा भएको मुख्य गरि धुलिखेल चोक र हाल छिर्ने ठाउँमा गरि दुई वटा गेट निर्माण लगायत सबैखाले तयारी अन्तिम चरणमा पुगेको सचिब घिसिङले जानकारी दिए । गेट निर्माण देखि हाल ब्यवस्थापन झण्डा राख्ने कार्य धुलिखेल नगर कमिटीले गरिरहेको घिसिङले जानकारी दिए ।


तपाईको प्रतिक्रिया