ज्योति एकेडेमीका विद्यार्थीले बनाए डाईनोसर


बनेपा÷ज्योति एकेडेमी विद्यालय बनेपाका विद्यार्थीले विज्ञान शैक्षिक प्रर्दशनीमा बनाएको डाईनोसरले अभिभावक तथा विद्यार्थीको ध्यान खिचेको छ । अध्ययन, अध्यापन र अतिरिक्त कृयाकलापमा निक्कै अब्बल रहेको सो विद्यालयले शुक्रबार विद्यालय हाताम बृहत विज्ञान तथा शैक्षिक प्रर्दशनीको आयोजना गरेको थियो । सयौं बर्ष अघि लोप भएको डाईनोसरको ठूलो आकृति अघि बसेर अभिभावक,शिक्षक तथा अवलोकनकर्ताले तस्बीर खिचाएका थिए । डाईनोसरमात्रै हैन कक्षा एक देखि नौसम्मका विद्यार्थीले ३४ वटा फरक फरक स्टलमा आफ्ना शैक्षिक सामाग्रीको उत्पादनको प्रर्दशनी गरेका थिए ।

मानवको मुटु कसरी बनेको हुन्छ र त्यसले कसरी काम गर्छ । मुटुलाई स्वस्थ्य राख्न के के कुरा गर्न हुन्छ के हुँदैन भन्ने बारेमा आफ्ना अभिभावक, समकक्षी साथी, तल्लो र माथिल्लो कक्षाका विद्यार्थीलाई उनीहरुले जानकारी दिएका थिए ।
घरको सुरक्षा कसरी गर्न सकिन्छ, त्यसका लागि आवश्यक डिजिटल सुरक्षाको बारेमा प्रर्दशनी गरिएको थियो । दैनिक घरायसी प्रयोजनमा विज्ञानको प्रयोग कसरी गर्न सकिन्छ भनेर उनीहरुले अभिभावकलाई देखाएका थिए । विद्यालयमा अध्ययनरत कक्षा एक देखी कक्षा नौ सम्मका विद्यार्थीहरुले विज्ञान शैक्षिक प्रर्दशनीमा भाग लिएका थिए ।
विद्यार्थीहरुलाई पढाईसँगै व्यवहारिक शिक्षा प्रदान गर्न शैक्षिक प्रर्दशनीको आयोजना गरिएको प्रिन्सिपल महेन्द्र बिष्टले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीहरुले विज्ञान, विषयहरुका शैक्षिक प्रदर्शनीमा विद्यार्थीले प्रस्तुत गरेको जानकारी दिनुभयो । प्रर्दशनीमा ३४ वटा स्टल राखिएको थियो भने प्रर्दशनी अवलोकनका लागी विद्यालयका सञ्चालक समितका सदस्यहरु, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । सो विद्यालयले पछिल्लो समय आफूलाई फरकशैली र व्यवस्थापनमा अघि लैजादै उत्कृष्टको लक्ष्यमा अघि बढेको प्रर्दशनीमा सहभागी अभिभावकले प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया