काभ्रे । खानीखोला गाउँपालिकाले मञ्जुश्री यो वर्ष मनाउने सोनाम ल्होछार २८६१ औं डुल (सा पुख्री) ल्हो हो । ह्रेम्बोर्छे युवा क्लवले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछारको अवसरमा माघ १४/१५/१६ गते सोनाम ल्होछारको अवसरमा सांस्कृतिक तथा शुभकामना कार्यक्रमसंगै खुल्ला भलिबल खेल प्रतियोगिता आयोजना गरी बुधबार खेल समापन गरेको छ ।
सोनाम ल्होछारको अवसरमा खानीखोलाले भलिबल खेलमा जिल्लाकै उत्कृष्ट खेल खेल्नेमा पर्दछ । बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरी बौद्धलम्बी तथा तामाङहरुको मुख्य पर्व तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेपलान्चोक जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा ह्रेबोर्छे युवा क्लवको आयोजनामा वडा न: १ धार्नेमा सम्पन्न गरेको हो l
खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै थिङले नेपाल बहुधार्मिक बहुसांस्कृतिक विभिन्न विविधता भएको राष्ट्र भएकोले यो तामाङ समुदायहरुले मनाउँदै आएको मुख्य पर्वको अवसरमा खेल जगत भलिबल खेल जिल्लाकै राम्रो खेल्नेमा पर्दछ । त्यसैको उपलक्ष्यमा यो खेल आयोजना गर्ने आयोजना टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो सांस्कृतिक संस्कार यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यसको संरक्षण गर्न पालिका सरकारको साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षाेल्लासका साथ पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाउने गरिन्छ ।
आफ्नो संस्कृति संस्कार खेल क्ष्रेत्रलाई माया र भलिबल खेलबाट जिल्लामै आफ्नो पालिकालाई चिनाउन सफल भएको यो ल्होछार पर्वको अवसरमा खेल क्ष्रेत्रलाई प्रबर्द्धन गर्नका लागि आयोजना गरेकोमा पालिका सरकारबाट खेल्नु पर्ने भुमिका साथ सहयोगसंगै आयोजक टिमलाई उपाध्यक्ष दोर्जेमान जिम्बाले शुभकामना व्यक्त गरे ।
खुल्ला भलिबल प्रतियोगितामा ८ टिम सहभागिता रहेको थियो । तालढुङ्गा खेलकुद क्लव A टिम प्रथम र तालढुङ्गा खेलकुद क्लव B टिम दोस्रो र लडकेस्वरी युवा क्लव तेस्रो भएका छन् ।
कार्यक्रममा समाजसेवी दैबलाल घिसिङ, चित्र गोले, राजन अधिकारी , निशान मोक्तान , बुद्धि बहादुर स्याङ्तान , सन्तमान थिङ ,पुर्व वडा अध्यक्ष ज्ञान बहादुर थिङ , दिनेश थिङ लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संचालन ह्रेबोर्छे युवा क्लबका अध्यक्ष अभि थिङले संचालन गरेका थिए । स्थानीय कलाकार धार्ने ज्योति माध्यमिक बिद्यालयका भाईबहिनिहरुको प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।
खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया