
मण्डनदेउपुर नगरपालिकामा ‘राम्रो गाउँ’ कार्यक्रम लागू गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले नगरसँगको सहकार्यमा उक्त कार्यक्रम लागू गरेको हो ।
‘फर बेटर भिलेज’ अर्थात् राम्रो गाउँ कार्यक्रमको एफएओका नेपाल–भुटान प्रमुख केन शिमीजुले कार्यक्रमको उद्घाटन गरे । शिमीजुले यस कार्यक्रमले नगरको कृषि क्षेत्रमा सुधार ल्याउने विश्वास ब्यक्त गर्दै लामो समयदेखि उक्त नगरको कृषि क्षेत्रमा सञ्चालित एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम)को क्षेत्रमा काम गर्दै आइएकाले नयाँ राम्रो गाउँ कार्यक्रममार्फत स्थानीय कृषकलाई निर्क फाइदा पुग्ने बताउनुभयो । यो कार्यक्रम एफएओले नेपालका अन्य तीन स्थानीय तहमा लागू गर्ने जनाएको छ । नगर उपप्रमुख विष्णुमणि नेपालले नगरको कार्यक्रम ‘देउपुर–मण्डनः कृषि–पर्यटन’लाई टेवा पुग्ने अपेक्षा गर्नुभयो । नेपालले नगरको १२ वटै वडामा कृषि क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गरिने जानकारी दिनुभयो । सोही अवसरमा कार्यक्रमअन्तर्गत नगरको वडा नं ७ स्थित आँप खोला बाँध (बगर कुलो)को शिमीजुले शिलान्याससमेत गर्नुभयो । सो कुलो कुलोमार्फत एक हजार ५ सय रोपनी जमिन सिञ्चित हुने जनाइएको छ । कार्यक्रमका लागि बागमती प्रदेश सरकारले १० लाख बजेटसमेत विनियोजन गरेको छ भने नगरले आफ्नो रातो किताबमै एफएओसँग साझेदारीमा काम कार्यक्रम सञ्चालन गर्नेगरी बजेट ब्यवस्थापन गरेको दावी नगरपालिकाले गरेको छ ।
कार्यक्रमको प्रारम्भिक चरणमा नगरको ३, ७, ८ र १० नम्वर वडास्थित द्वारपालेश्वर माध्यमिक विद्यालय, डेडीथुम्का मावि र बिन्धवासिनी माविमा तत्काल टनेल खेती गरिने जनाइएको छ । कार्यक्रम सञ्चालनार्थ आवश्यकताका आधारमा कम्तिमा तीन बर्ष सहयोग उपलब्ध हुने तथा कार्यक्रमको उपयोगिताको समीक्षापछि समय थपिने जनाइएको छ ।
मण्डनदेउपुरको फाँटमा सिंचाई विद्यालयमा टनेल खेती
2025-01-18T07:32:43+05:45

तपाईको प्रतिक्रिया