माओवादी केन्द्र चौरीदेउराली अध्यक्षमा विनोद घिसिङ निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौरीदेउराली गाउँ समितिको अधिवेशनबाट अध्यक्ष विनोद घिसिङ निर्वाचित भएकाछन् । लामा चौरीदेउराली गाउँपालिका वडा नं ३ मा २०७४ मा वडा अध्यक्षमा निर्वाचित पुर्व जनप्रतिनिधि हुन् । शनिबार भएको गाउँ समितिको अधिवेशनको बन्द सत्रमा भएको निर्वाचनमा घिसिङ निर्वाचित भएका हुन् । सो समितिको उपाध्यक्षमा धन लामा, नवराज दुलाल र उर्मिला परियार रहेकाछन् । सचिवमा प्रेम चौलागाई, सह सचिव एकनाथ गौतम र कोषाध्यक्ष चित्र चौलागाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले ३९ सदस्य रहेको चौरीदेउराली गाउँ समिति चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया