
बनेपा । नेकपा एमाले भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्र बहादुर लामा निर्वाचित हुनुभएको छ । दोस्रो अधिवेशनबाट लामाले अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । कमिटीको उपाध्यक्षमा भरत बहादुर शिवभक्ती, सचिबमा रमन तामाङ, उपसचिबमा अष्ट बहादुर श्रेष्ठ र शुलिा कुँवर निर्वाचित हुनुभएको एमाले नेता प्रेम लामाले जानकारी दिनुभयो ।
त्यस्तै नमोबुद्ध नमोबुद्ध नगर कमिटीको दोस्रो अधिबेशनबाट अध्यक्षमा गणेश मोक्तान, उपाध्यक्ष कृष्ण लामा,सचिब सन्जिब ढकाल,उपसचिब सम्झना लामा,उपसचिव उपेन्द्र अधिकारी चयन हुनु भएको एमाले नेता जर्नादन अधिकारीले जानकारी दिनुभयो ।
एमाले भुम्लुमा चन्द्र र नमोबुद्धमा गणेशको नेतृत्व
2025-01-05T07:39:51+05:45

तपाईको प्रतिक्रिया