
विद्यालयभित्रका भौतिक पूर्वाधार विस्तारसँगै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बेलर ईन्टरनेशनल एकेडेमीमा अब फुटसल खेल मैदान पनि थपिएको । विद्यालयका विद्यार्थीसँगै अन्य समुह समेत सहाभागि हुन मिल्ने गरी फुटसल संचालन ल्याइएको जानकारी शनिबार गराईएको छ । फुटसलको निर्माण कार्य अन्तिम चरणमा पुगेको र मल्टिपरपोज हलका रुपमा प्रयोग गर्न सकिने फुटसलमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा र बेलर परिवार बीच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको छ ।
मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारहरुको समुहलाई बेलर परिवारले ६ का विरुद्ध ५ गोलले पराजित गरेको थियो । बेलर स्कुलका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा, क्याम्पस प्रमुख भगिरथ अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्षहरु, महासंघका पदाधिकारी तथा कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।
बेलरमा निर्माण हुँदै गरेको फुटसलमा रेस्टुरेन्ट, दर्शक दिर्घा तथा महिला र पुरुषका लागि चेन्जिङ्ग रुम तथा अन्य प्रविधि उपलब्ध गरिएको छ । फुटसल हल निर्माण सकिँदा करिव २ करोड खर्च हुने बताईएको छ ।
भौतिक पूर्वाधारले सम्पन्न बन्दै बेलर,अब स्कूलमै फुटसल
2025-01-04T18:35:38+05:45

तपाईको प्रतिक्रिया