सोनाम ल्होसारको अवसरमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ मा खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । स्थानीय नमोबुद्ध मानेगाउँ युवा क्लबको आयोजनामा माघ १२ गतेदेखि १८ सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको विजयी टिमले एक लाख ५ हजार र उपविजेताले ५५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा वेष्ट प्लेयर, किपर, कोच, हाईस्कोररलाई विधागत पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।
हरेक म्याचका म्यान अफ दी म्याचलाई टिसर्ट पुरस्कार दिने तयारी युवा क्लबले जनाएको छ । टिम दर्ता शुल्क दश हजार रहेको प्रतियोगिताले काभ्रे जिल्लामा फुटवलको माहौललाई थप रौनक दिने आशा गरिएको छ ।
नमोबुद्धमा एक लाख १० हजारको पुरस्कारको सेभेन ए साईड फुटवलहुँदै
2025-01-02T18:08:09+05:45
तपाईको प्रतिक्रिया