
बनेपा । पार्टीको आन्तरिक लोकतन्त्रको असर अभ्यासको रुपमा हेरिने अधिवेशन अन्तरगत स्थानीय पालिकाको अधिवेशन अघि बढाएसँगै काभ्रेमा एमालेको वडा तहसम्म पार्टी चलायमान भएको छ ।
एमालेले हालसम्म मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका, महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला नेताको उपस्थितीमा मण्डनदेउपुरमा निर्वाचन,धुलिखेल र महाभारतमा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले काभ्रेले जनाएको छ । अधिवेशनले पार्टीलाई चलायमान बनाउने मात्रै हैन शसक्त बनाउने भएकाले १३ वटा नै स्थानीय तहमा एमालेको अधिवेशनको अन्तिम तयारी भएको एमाले काभे्रेका अध्यक्ष राजन भुर्तेलले जनाउनुभयो । उहाँले नमोबुद्ध नगरपालिकाको पौष १९ र भुम्लु गाउँपालिकाको पौष २० गते अधिवेशनकोे गर्ने गरि अन्तिम तयारी थालेको छ ।
भुम्लु गाउँपालिकामा पार्टीका पोलिटव्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा र नमोबुद्ध नगर कमिटीकोे पार्टीका सचिव गोकर्ण बिष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भुम्लु गाउँपालिका वडा नं ५ सल्लेमा हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको गाउँ एमाले नेता प्रेम लामाले जानकारी दिनुभयो । उहाँले सबै बडाबाट प्रतिनिधी चयन भएको र तयारी अन्तिम अवस्थामा पुगेको बताउनुभयो । भुम्लुमा १३४ जना प्रतिनिधि सहभागी हुने अधिवेशनमा पेश हुने प्रतिवेदन लेखनकोे कार्य अन्तिम अवस्थामा पुगेको बताउँदै सम्पुर्ण पार्टीका नेता कार्यकर्तालाई अधिवेशन सफल बनाउन लाग्न अनुरोध गर्नुभयो । अधिवेशनमा भुम्लु गाउँपालिकाको १० नै वडाबाट जना प्रतिनिधि चयन भएका छन् । युवा, महिला, दलितको प्रतिनिधित्व सुनिश्चित भएको एमाले नेता चन्द्रबहादुर लामाले बताउनुभयो । हरेक वडाबाट उल्लासमय रुपमा प्रतिनिधि सहभागी हुनुभएको बताउँदै एमालेको गाउँ अधिवेशन ऐतिहासिक हुने जानकारी दिनुभयो ।
माघ १२ गते तेमाल गाउँपालिकाले अधिवेशनको मिती तोकेको छ । अरु स्थानीय पालिकाले बैठक बसेर अधिवेशनको मिती तोक्ने तयारीमा छन् । यसले एमालेको तल्लो कमिटीसम्म चलायमान गराएको छ ।

तपाईको प्रतिक्रिया