
सामाजिक कार्यमा समेत कृयाशिल रहेको पशु सेवा कार्यालय काभ्रेले मण्डनदेउपुर नगरपालिका धाईटारमा रहेको सेवक नेपाल बालगृहमा दुग्धपदार्थ, माछा मासु, अण्डाको सहयोग गरेको छ । यसअघि विभिन्न समयमा यस्तै सामाजिक कार्य गर्ने कार्यालयले बनेपाको कृषि महोत्सव अवलोकन गर्न आउनेलाई उसिनेको अण्डा सहयोग गरेको थियो । करिब ४० जना बालबालिकाले आश्रय पाईरहेको सेवक नेपालका बालबालिकालाई लक्षित गरेर बुधबार पशु सेवा कार्यलय धुलिखेल काभ्रेको तर्फबाट ’पशुपंक्षी पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत सेवक नेपाल बालगृहमा बालबालिकालाई करिव १० दिनलाई पुग्ने अण्डा, दुग्ध पदार्थ, माछा मासु आदि सहयोग गरि एक छाक भोजनको समेत व्यवस्था गरेको हो । पशु सेवा कार्यलय प्रमुख डा. सृजा वाग्लेको नेतृत्वमा पुगेको टोलीले एक छान खाना खुवाएको थियो ।
सो कार्यमा पशु विकाश अधिकृत डा. निशान्त शर्मा गेलाल, अधिकृत उद्धब प्रसाद सापकोटाको उपस्थितीमा सो सामाग्री हस्तान्तरण गरिएको सेवक नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया