निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल काभ्रेको १५औं अधिवेशनबाट दोश्रा कार्यकालको लागि अध्यक्षमा श्याम भुजेल निर्वाचित भएका छन् । आईतबार राती भएको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष रहेर काम गरिसकेका महेन्द्र थिङ्गलाई पराजित गर्दै भुजेल निर्वाचित भए । उनले ३८ मत ल्याउँदा थिङ्गले २८ मत मात्रै ल्याए । समितिको सचिवममा बिमल न्यौपाने निर्वाचित भए । पदाधिकारी र कार्यसमितिमा निर्विरोध निर्वाचित भए । समितिको बरिष्ठ उपाध्यक्षमा सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष–बसन्त नेपाल, कोषाध्यक्षमा अर्जुन थापा, सह–सचिव– डि बि एडी सह– कोषाध्यक्षमा कृष्ण सुन्दर थापा निर्विरोध निर्वाचित भए ।
अधिबेशनको उद्घाटन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले गरेका थिए । उद्घाटन सत्रमा सहभागि अतिथीहरुले निजी विद्यालयले नेपालको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान, सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा निजी विद्यालयहरुका विषय तथा आगामी दिनमा हुन सक्ने चुनौती तथा समस्याका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु लगायतले शिक्षाले समाजमा हरेक क्षेत्रको अगुवाई गर्नु पर्ने धारणा राखेका थिए ।
नेपालको माटो सुहाउँदो शिक्षाका लागि संस्कृति, सभ्यता, सम्पदा लगायतका विषयमा ब्यवहारीक र प्राविधिक ज्ञान आजको आवश्यकता भएको बताएका थिए ।
तपाईको प्रतिक्रिया