चम्पादेवी आधारभूत बिद्यालयका बालबालिकालाई ट्रयाकसुट वितरण


रोशी गाउँ पालिका वडा न ६ मा रहेको श्री चम्पादेबि आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकालाई ट्रयाकसुट बितरण गरिएको छ । नेकपा माओवादि केन्द्र रोशी वडा न ६ को वडा कमिटी अध्यक्ष समाजसेवी मान बहादुर लामाको पहलमा जर्मनी सस्थाको सहयोगमा उक्त बिद्यालयमा ५५ जना बालबालिका लाई ट्रयाकसुट सेट वितरण गरिएको प्रअ सुशील दाहालले जानकारी दिइन् । यो जाडो महिनामा बालबालिका हरुलाइ सहयोग गरिएकोमा पहल कर्ता र सहयोगी लाई प्रअ दाहालले धन्यवाद व्यक्त गर्दै बिद्यालयलाई सधैवा सबै क्षेत्र बाट सहयोग हुनुपर्ने बताइन् । बिद्यालयमा बालबालिकाहरुलाइ बिपत्ति पछि सहयोगी हात बाट ट्र्याकसुट बितरण गरिएको लामाले बताए । हामिले के कसरी बालबालिका हरुलाइ सहयोग गर्न सकिन्छ भन्ने छलफल पछि जर्मन बाट आउनुभएका पाहुनाहरुको सहयोगमा बालबालिका लाई ट्र्याक सेट बितरण गरिएको लामाले बताए ।


स्थानियबासी मान बहादुर लामाले बिद्यालयसम्म आएर बालबालिका हरु लाई गरिएको सहयोग अमुल्य रहेको शिक्षक तोरण भुर्तेलले बताए । यस्तो सहयोग निरन्तरता दिन शिक्षक भुर्तेलले लामालाइ अनुरोध गरे ।

तपाईको प्रतिक्रिया