
ग्रामीण क्षेत्रमा रहेको उत्कृष्ट सहकारीको रुपमा रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्थाले रजत बर्षको अवसर पारेर शुभकामना साटासाट गर्दै खुसीयाली मनाएको छ । सो अवसरमा संकल्प स्वेक साकोसले ‘सदस्यमुखी सेवा’ प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । स्थापनाकालदेखि हालसम्म सहकारीले हासिल गरेका उपलब्धीले अझ सदस्यको हितमा कार्य गर्ने प्रतिबद्धता मिलेको रजत महोत्सवमा जानकारी दिइयो ।
रजत महोत्सवको रुपमा बुधबार २५औं वार्षिकोत्सवको अवसरमा अनेकौ कार्यक्रम गरेको छ । मण्डनदेउपुर रिसोर्ट एण्ड पार्टी प्यालेस मण्डनदेउपुर–७, कुन्तावेशीमा सम्पन्न भएको छ । मण्डन भेगकै पूरानो सहकारी संस्था २०५७ पौष १० गते ४१ जना सदस्यहरु भएर स्थापना भएको सहकारी २५ वर्ष प्रवेश गरेको हो । सहकारीमा २ हजार ८ सय ७४ शेयर सदस्य, ६ सयको हाराहारीमा बाल बचतकर्ता छन् ।

संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको अध्यक्षतामा रजत महोत्सवको उद्घाटन कार्यक्रमभयो । मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाको प्रमुख आतिथ्यता, मण्डनदेउपुर नगरपालिकामा उप–मेयर विष्णुमणि नेपाल, बगमती प्रदेश सहकारी संघका सदस्य श्री कृष्ण प्रसाद तिमल्सिना, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव ठाकुर प्रसाद बाँस्कोटा, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका उपाध्यक्ष मिरा सत्याल, राष्ट्रिय सहकारी बैंक बनेपा शाखाबाट उपेन्द्र दाहालको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा अध्यक्षहरू वडा नं. ७ का विष्णुप्रसाद पौडेल, वडा नं. १० का कुमार तामाङ, वडा नं. १ का शिव प्रसाद ढकाल, वडा नं. ४ का मैते सिं तामाङ, वडा नं. ५ का हर्क बहादुर तामाङ वडा नं. ६ का सोम प्रसाद ढकाल,मण्डन देउपुर सहकारी संजालका संयोजक केशव प्रसाद सापकोटा, मण्डनदेउपुर साकोसका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, प्रतिभा साकोसका सचिव भोला प्रसाद पौडेल, बिहानी सम्बद्र्धक साकोसका अध्यक्ष डिल्ली प्रसाद आचार्य, गतिशील साकोसका दिपक प्रसाद नेपाल, रानिटार दुग्ध उत्पादनक सहकारीका अध्यक्ष गोविन्द नेपाल, उमादेवी दुग्ध उत्पादनक सहकारीका अध्यक्ष सुदर्शन सापकोटा, पञ्चकन्या महिला विकाश बहुउद्देश्यीय सहकारीका अध्यक्ष अम्बिका हमाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम, ख्याती प्राप्त लोकदोहोरी गायक राजेश ढकाल र गायिका प्रतिमा अर्यालको विशेष आकर्षण हुनुहुन्थ्यो ।
स्वागत मन्तव्य राख्नु हुँदै संस्थाका उपाध्यक्ष गणेश प्रसाद नेपालले संस्थाका सुरुको दिन देखि आज सम्म गरेको हरेक गतिविधिलाई सारम्समा सम्पुर्णमा जानकारी गराउनुभयो । संस्थामा सदस्य बनेर बचत ऋणको कारोबार पछि भएको परिवर्तन पछिको केही सदस्यहरूको सफलताको कथाका साथै संस्थाको बारेका डकुमेन्ट्री बनाएर प्रदर्शन गरिएको थियो ।
रजत वर्षको अवसरमा संस्थाका संस्थापाक सदस्य, तर्दथ समिति, पूर्व संचलक समिति, लेखा समिति तथा उप– समितिमा बसेर काम गर्नेलाई सम्मान गरिएको थियो ।
संस्था स्थापनाकालदेखि हाल सम्म पनि ब्यवस्थापन प्रमुखको रूपमा कार्य गरिरहनु भएका संस्थाका ब्यवस्थापक श्याम कुमार श्रेष्ठलाई दीर्घ सेवा पदकसहित दोसल्ला ओढाएर सम्मान गरियो । उत्कृष्ट कर्मचारीमा सुशिला धिताल सापकोटा तथा पूर्व संचालकहरू मध्येबाट केशव प्रसाद कोईरालालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ७५ वर्ष माथिका १३ जना जेष्ठ सदस्यलाई न्यानो ब्ल्यङ्केट सहित सम्मान पत्रले सम्मानित गरिएको थियो । स्थापनाकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोयमा संस्था द्वारा आयोजित खुल्ला रक्तदानमा ३४ जनले रक्त दान गर्नुभयो ।

तपाईको प्रतिक्रिया