पत्रकार महासंघ काभ्रेलाई नमोबुद्ध नगरको बधाई र सम्मान


बनेपा÷नागरिक समाजको अगूवा संस्था नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई नमोबुद्ध नगरपालिकाले बधाई दिएको छ ।
नेपाल पत्रकार महासंघको १२ औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको हो । नगर प्रमुख कुन्साङ लामाले निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई नगरपालिकामा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
लामाले राज्यको चौथो अंगले समाजमा सकारात्मक सन्देश प्रभाव गर्ने वातावरण बनाउने क्रममा नमोबुद्ध नगरपािलकाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारलाई सल्लाह, सुझाव र समन्वयका लागि संचार क्षेत्रको निरन्तर सहयोग र सुझावको अपेक्षा रहेको बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले समाजको आधारभुत चरित्र जुनसुकै पेशामा रहँदा पनि भिन्न नहुने भएकाले पत्रकारिता पेशा मार्फत मुलुक र राष्ट्रको समुन्नत विकासमा सक्रिय रहन नेतृत्वलाई शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले नयाँ नेतृत्व र जिल्लाका संचारकर्मीहरु स्थानीय तहसँगको समन्वय र सहकार्यमा नागरिकहरुका अधिकारलाई स्थापित गर्ने अभियानमा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, नगरपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वातावरण शाखा प्रमुख सन्तोष काफ्लेले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया