नेकपा एमाले मण्डनदेउपुर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा शेरवहादुर डोटेल निर्वाचित भएका छन् ।
अर्का प्रतिश्पर्धी रुद्रवहादुर तामाङलाई ९१ मतको फराकिलो अन्तरले पराजित गर्दै डोटेल अध्यक्ष निर्वाचित भएका हुन् ।
डोटेलले १४७ मत ल्याउँदा तामाङले ५६ मत ल्याए । उपाध्यक्षमा झलक प्रसाद पौडेल १४७ मत सहित विजयी हुँदा राममणि सापकोटाले ४५ मतमात्र ल्याए भने सचिवमा तुलसी प्रसाद नेपाल ११३ मतसहित विजयी हुँदा सुमन नेपालले ८८ मत प्राप्त गरे ।
यस्तै उपसचिवमा शिवराम तिमल्सिना १४४ मतसहित विजयी हुँदा पाभेल शाहले ५० मत प्राप्त गरे । अर्को एक उपसचिवमा नानु नेपाल निर्विरोध निर्वाचित भइन् ।
अधिवेशनको उद्घाटन एमाले पोलिटव्युरो सदस्य, प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गरे । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया