खेल सामग्री प्रदान गर्दै माउन्ट एभरेस्टका खेलाडीलाई विदाई


माउन्ट एभरेस्ट एफसी क्लबले प्रदेशस्तरीय लिग प्रतियोगिताको लागि खेलाडीहरूलाई आवश्यक पर्ने टिसर्ट ब्याज प्रदान गरी विदाई गरेको छ। काभ्रे पलाञ्चोक जिल्लाको लिग चेनपेन भएको हैसियतले बागमती प्रदेशको लिग खेल्न जान लागेको टोलीलाई आज एक कार्यक्रमका बीच बनेपाबाट विदाई गरिएको हो। कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने उद्योग वाणिज्य सङ्घ काभ्रेका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

काभ्रेपलाञ्चोक जिल्लाको लिग च्याम्पियन हुँदै माउन्टर एभरेस्ट एफसी क्लब बागमती प्रदेशको लिग खेल्न पुगेको हो। अध्यक्ष स्तरमा पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो उहाँले यस अगाडि भएका विभिन्न प्राक्टिस खेलहरूमा खेलाडीहरूले निकै मेहनत गरेको र राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी,टिम कोच को उपस्थिति रहेको थियो सहभागीहरूले खेलाडीहरूलाई शुभकामना दिनुभएको थियो।

तपाईको प्रतिक्रिया