माओवादी काभ्रेको पौष १५ गते पालिका सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्र काभ्रेले यहि पौष १५ गते १३ वाटै पालिकाको सम्मेलन गर्ने निर्णय गरेकाछन । आज धुलिखेलमा बसेको दशौ पुर्ण बैठकले विभिन्न निर्णय सहित पालिका स्तरमा सरकार बिरुद्ध खबरदारी सभा सहित पालिका सम्मेल गर्ने निर्णय भएको जिल्ला सम्योजक भोला अर्यालले जानकारी दिए । धुलिखेल सनराइज होटलमा बसेको बैठकमा जिल्ला सम्योजक भोला अर्यालको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको केन्द्रिय उपाध्यक्ष पुर्व सभामुख अग्नि सापकोटा, पुर्व मन्त्री काभ्रे प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ (लालध्वज) केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य हरु लगायत नेताहरुको उपस्थिती रहेको थियो ।

आज बसेको बैठकले यहि पुस १५ गते काभ्रे जिल्लाको १३ पालिकाको पालिका सम्मेलन र सरकार प्रती खबरदारी कार्यक्रम गरिने निर्णय सहित पार्टीको जिल्ला सदस्य स्व माधब खनालको शोक प्रस्ताव पारित गरिएको सम्योजक अर्यालले जानकारी दिए । बैठकमा जिल्लाको १३ पालिका बाट रिपोर्टिङ राखिएको थियो । बनेपा बाट नगर अध्यक्ष सुरेन्द्र श्रेष्ठ, धुलिखेल नगर अध्यक्ष बाबुराम लामा, पनौती नगर अध्यक्ष हर्क लामा, नमोबुद्ध नगर सचिब ज्ञनेन्द्र देबकोटा, पाँचखाल नगर सचिब रामगोपल भुजेल, मण्डणदेउपुर नगर अध्यक्ष निरन्जन बिस्ट, भुम्लु अध्यक्ष जनक भण्डारी, चौरिदेउराली अध्यक्ष तेज पन्त, तेमाल गाउँ कमिटी उपाध्यक्ष डिल ब थोकर ग्याम्जो, रोशी अध्यक्ष मन वीर वाइबा, महाभारत अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक इन्चार्ज पेमा लामा र खानिखोला अध्यक्ष अभिरल जिम्बाले पालिका स्तरमा भएका बिषयमा रिपोर्टिङ राखिएको थियो ।

तपाईको प्रतिक्रिया