बाढी पहिरो पिडितलाई साई बाबाका अनुयायीले न्यानो कपडा बाँडे


बनेपा । सत्य साई सेवा संगठन नेपालको नेतृत्वमा सत्य साई बाबाको जन्मोत्सवका अवसरमा काभ्रे जिल्लाको पनौती नगरपालिका–१२ स्थित भूमिडाँडाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गर्नुभएकमे छ ।
अभियानले आपद्मा परेका समुदायलाई सहयोग र मानवताको सन्देश दिन साईका सदस्यहरूले सहयोग गर्नुभएको हो । १२० जनालाई न्यानो कपडाको राहत वितरण गर्दा भुमिडाडाँबासीले उहाँहरुलाई स्यावासी दिनुभयो । सत्य साई प्रदेश समिति ३, सत्य साई केन्द्र पूर्व काठमाडौं, र विभिन्न व्यक्तिहरूको उल्लेखनीय योगदान थियो । यस अभियानअन्तर्गत ६ जना बाढीपहिरो पीडितलाई विशेष प्रकारको राहत प्रदान गरियो ।
यो सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने र चिसो बढ्दै गर्दा कसरी चिसो बाट बच्ने भन्ने चिन्ता थियो यो राहत पाया पछि आफूलाई चिसो बाट सहयोग पुगेको ७८ वर्षीय नरबहादुर तामाङ बताउनुभयो । सकी नसकी राहत लिन आएका उहाँ जस्तै अरु थुप्रै बृद्वा वृद्वहरुले राहतको महसुस भएको सुनाउनुभयो । अनुहारमा चमक लिएर राहत लिन आएकी ६७ वर्षिय माइली तामाङ भन्छिन् असोज १२ गते आएको वर्षातमा हाम्रो घर पनि भत्किएको थियो तल खेत पनि बगायो बस्ने आवास धराप छ । राहत अन्त्य पुगे पनि हामीसम्म आइपुगेको थिएन । यो सहयोग हाम्रो लागि अति नै राम्रो भयो । सत्य साई प्रदेश समितिका उपाध्यक्ष वासुदेव थपलिया भन्नुहुन्छ यो हाम्रो संयुक्त प्रयास हो यसमा सबैलाई धन्यवाद दिन चाहन्छु । रोसा शर्मा काठमाडौं केन्द्रकी उपाध्यक्ष भन्नुहुन्छ । चिसो बाट बच्न केही भएपनि सहयोग पुग्छ भनेर हामीले यो गरेका हौ । कार्यक्रममा अन्य स्थानीय स्वयंसेवक र समितिका सदस्यहरूले पनि उल्लेखनीय सहयोग गरेका थिए ।
राहत सामग्रीमा न्यानो कपडा र अन्य आवश्यक वस्तुहरू समावेश थिए। सहयोगको कुल मूल्य दुई लाख बराबर रहेको थियो। कार्यक्रममा सहभागीहरूको अनुहारमा राहत वितरणको खुसी झल्किरहेको थियो। “हामीले पीडितहरूको मुस्कान हेर्न पायौं, जुन हाम्रो सेवाको सबैभन्दा ठूलो उपलब्धि हो,“ शर्माले भन्नुभयो ।
यो राहत वितरणले बाढीपहिरो पीडितहरूको जीवनमा सकारात्मक प्रभाव पारेको छ। सत्य साई सेवा संगठन नेपालले यस अभियानमार्फत मानवताको महत्त्व झल्काउँदै सेवा र समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस राहत वितरण अभियानले बाढीपहिरो पीडितहरूलाई सहयोग मात्र होइन, आशा र आत्मविश्वास पनि प्रदान गरेको छ। सत्य साई सेवाको यो प्रयास अन्य संघसंस्थाहरूका लागि प्रेरणा बनेको स्थानीयको भनाइ छ । सो राहत वितरणको सहजीकरण गर्नुहुने पत्रकार केशवराज पौडेल, वडा अध्यक्ष जयराम केसी, वडा सचिव लालबहादुर लामाको उपस्थितीमा सभ्य र भव्य रुपमा राहत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया