लायन्स क्लव अफ काभ्रे गोसाईस्थान र बुडोल सामुदायिक साकोसको सयुक्त्त आयोजनामा खुल्ला रत्तदान कार्यक्रम संम्पन्न

लायन्स क्लव अफ काभ्रे गोसाईस्थान र बुडोल सामुदायिक साकोसको सयुक्त्त आयोजनामा खुल्ला रत्तदान कार्यक्रम संम्पन्न भएको छ। बनेपाको चारदोबाटोमा आज आयोजित रत्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेले प्राबिधिक सहयोग उपलव्ध गराएको थियो ।कार्यक्रम बाक्लो उपस्थिति भएतापनि बिभिन्न स्वास्थ्य समस्याको कारण सहभागी सबैबाट रत्तदान भएको थिएन| बिहान ११ बजे बाट सुरु भएको कार्यक्रम २.३० बजे संम्पन्न हुदा कार्यक्रम ४३ जनाको सहभागिले रत्तदान गरेको छ।हरेक बर्ष रत्तदान कार्यक्रम आयोजना गर्दै आएको आयोजक संस्थाहरुले जानकारी गराएको छ। समाजमा घातक र दिर्गरोगिहरुलाई अत्यावश्यक आबश्यकलाई थोरै भएपनि पुरा गर्ने बताएका छन।कुनैपनि बेला अत्याबश्यक रगत आबश्यक परे उपलब्ध गराउने लायन्स क्लव काभ्रे गोसाईस्थानका अध्यक्ष भेष राज शाहले बताएका छन ।

तपाईको प्रतिक्रिया