उत्कृष्ट आईडिया प्रोत्साहन गर्न अनेरास्ववियुको आधा लाखको सम्मान

बनेपा÷ राम्रो योजना अर्थात आईडियालाई सुुन्नेमात्रै हैन सफल बनाउन सहयोग र उर्जा प्रदान हुन्छ भन्ने उदाहरण अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले पेस गरेको छ ।
युवासँग आइडिया माग्दै सो आईडियालाई विज्ञ समुहलाई छनोट गर्न लगाएर पुरस्कृत समेत गरेको छ । थोरै जिल्लामा मात्रै हुने र राज्यले गर्नुपर्ने काम एउटा जिल्लाका विद्यार्थीले गरेर नमूना पेस गर्न सफल भएका छन् ।
काठमाडौं विश्वविद्यालयमा विशेष समारोहकै आयोजनना गरेर उत्कृष्ट १० आइडियाबाट सर्वोत्कृष्ट चार आइडिया पुरस्कृत गरिएको अखिल काभ्रेले जनाएको छ ।
निर्णायकले अभिषेक सुवेदी,रिजेन नेपालको समुहले तयार पारेको आईडियालाई सत्र्वोकृष्ट योजनाको रुपमा छानेको छ । सो योजना प्रथम भयो । सो समुहले नगद ५० हजार हात पार्याे ।
नेपाल फिल्म समुहका विकल्प चौंलागाँई दोस्रो भएर ३० हजार र यन्त्र किट समुहका तुषार ढकालको समुह र विद्या सागर स्कुल बनेपाका विद्यार्थीको समुह तेस्रो हुन सफल भएको थियो । सो समुहले २०÷२० हजार उत्प्रेरणा रकम जित्न सफल भए ।
कार्यक्रममा पुर्व मन्त्री एवं नेकपा एमालेका पोलिट्व्युरो सदस्य गोकुल बाँस्कोटाले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन् । सीप सहितको व्यवहारिक शिक्षाले जीउन सिकाउने भन्दै उनले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
अहिले समाजमा निराशाको खेती गर्ने प्रयास भएको भन्दै उनले लडेर ल्याएको व्यवस्थालाई गाली गर्ने, दलहरुलाई गाली गर्ने चरित्र सहि नभएको र प्रवृत्ति गलत भएको बताउनुभयो ।
सकारात्मक सन्देश प्रवाहका लागि अनेरास्ववियुले काम गर्ने उनले बताउँदै अब अनेरास्ववियुले उद्यम र रोजगारीसँग जोड्ने परिवर्तनको आन्दोलन थाल्ने विश्वास व्यक्त गर्नुभयो ।
अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले जिन्दावाद र मुर्दावादको नाराले ठुलो परिवर्तन भएको भएपनि अबको आन्दोलन बौद्धिक विकास र समाधानमुखी कार्यक्रम संचालन गरेको दावी गर्नुभयो । आइडिया बैंकलाई एक नयाँ सोच, सिर्जनशिलता र नवप्रवर्तनको रुपमा अथ्र्याएको र आइडिया बैंक एक नयाँ सोचको सुरुवात भएको समेत बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडाल, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्ववियुका महासचिव नरेश रोकाया लगायत विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया