घट्दोक्रममा काभ्रेको तापक्रम

काभ्रेमा तापक्रम निरन्तर घटिरहेको छ । बुधबार बिहान काभ्रेको बनेपा, पनौती र धुलिखेल आसपासको न्यूनतम तापक्रम ७ डिग्री सेल्सीयस रहेको थियो । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्यो
जल तथा मौसम विज्ञान विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच रहने प्रक्षेपण गरेको छ । काभ्रेमा पनि काठमाडौकै बिचमा तापक्रम हुने अनुमान गरिएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया