नेपाल प्रहरीको विशिष्ट श्रेणीमा काभ्रेपलाञ्चोक जिल्लाको महादेवस्थान गाविस हालको मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटारका डा.दामोदर पौडेल पदोन्नती हुनुभएको छ ।
नेपाल प्रहरीको प्राविधिक प्रहरी समुह, स्वास्थ्य उप समूह चिकित्सकतर्फ रिक्त रहेको प्रहरी नायव महानिरीक्षक पदमा पौडेल पहिलो नंम्बरमा बढुवा हुनुभएको हो । प्रहरी निरीक्षक पदबाट सेवा प्रारम्भ गर्नुभएको उहाँ प्रहरी तर्फ सबैभन्दा उच्च पदमा पुग्ने त्यस भेगको पहिलो प्रहरी बन्नु भएको छ । उहाँ नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ । भुकम्प २०७२ मा उहाँले काभ्रे तथा सिन्धुपाल्चोकमा पुगेर नागरिकको घर घरमा पुगेर उपचार गर्नुभएको थियो । उहाँसँगै डा. मनोजकुमार यादव र डा. संजिता दाहाल पनि बढुवा हुनुभएको छ ।
तपाईको प्रतिक्रिया