नेपाली युवा महिला टोली विश्वकपमा छनोट

 

नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ ।

एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनायो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया