
तेमाल गाउँपालिका वडा नं २ बाढीपहिरोमा परेका पीडित ५० घरघुरीलाई अत्यावश्यक राहत सामाग्री हस्तान्तरण गरिएको छ । हिउँद सुरु भएसँगै पहिरोबाट घरवार विहिन भएका परिवारलाई स्वास्थ्यमा पनि समस्या नआओस भनेर अत्यावश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।
पहिरो पिडितका लागि फाईबर सिरग , चामल , दाल , चिनी , तेल, साबुन , टालो, ब्रस , मन्जन, लगायतको सामाग्री वितरण भएको हो । भिसियन नेपालको आर्थिक सहयोगमा राहत वितरण गरिएको तेमाल गाउँपालिकाकाले उल्लेख गरेको छ ।
तेमाल गाउँपालिकामा पुर्ण क्षति, पहिरोले घरमा बस्न नमिल्ने भएको घर परिवार र उच्च जोखिममा रहेका ५० घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व उर्जा राज्य मन्त्री काभ्रे क्षेत्र नं १ का संघीय सांसद सुर्यमान दोङ ( लालध्वज) को उपस्थितीमा राहत वितरण गरीएको हो ।
युवा नेता तथा समाजसेवी नेकपा माओवादी केन्द्र खानीखोला गाउँकमिटीका अध्यक्ष अविरल जिम्बाको पहलमा प्रभावित क्षेत्रमा लक्ष्यित गरि राहत वितरण गरिएको हो । जिम्बाको पहलमा करिब काभ्रे जिल्लाकै १३ वटा स्थानीय तहका पाँच हजार घरपरिवार भन्दा माथी राहत वितरण भैसकेको छ ।
प्रभावित क्षेत्रमा राहत वितरण सम्पन्न गरेसंगै आफ्नो पहल र विभिन्न संघ संस्था आफू स्वयम फिल्डमा खटी बस्ने घर निर्माण गरी दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भिसियन नेपाल संस्थाले नेपाल सरकारले बाढीपहिरो संकट ग्रस्त क्षेत्र घोषण गरेका जिल्ला विभिन्न स्थानीय तहमा राहत सामाग्रीहरु , खानेपानी ट्याङ्की ,विभिन्न निर्माण कार्यहरु गर्दै आएको मानवीय क्षेती भएका स्थानहरुमा नखद रकम हस्तान्तरण, राहत सामाग्रीहरु सहयोग गर्दै आएको भिसियन नेपाल संस्थाका उपाध्यक्ष राधा मताङ्गीले बताउनुभयो ।
राहत वितरण वडा नः २ वडा कार्यलयको प्राङ्गणबाट अध्यक्ष देबराज तामाङको रोहवरमा भएको हो । वितरण कार्यक्रम वाइसीएल नेपालका केन्द्रिय सचीव अबिलास तामाङ, स्थानीयहरु, जनप्रतिनिधिहरुको रोहवरमा राहत वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया