
काभ्रेपलाञ्चोक जिल्लामा एक युवकले आफ्नै आमाको हत्या गरेको घटनामा अनुसन्धान कुकुर तिहारमा अवार्ड पाएको केनाईन् महाशाखाको टाईगर कुकुर ले दुई दिन पछि पुनः सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले “अप्रेशन सोनाम“ अन्तर्गत छोराले आमाको हत्या गरेको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेको छ । यसअघि मकवानपुर सिन्धुपाल्चोकमा महिलाको हत्याम सोही कुकुरको अनुशन्धानको सहयोगमा हत्याराको पत्ता लागेको थियो । टाइगरले हत्या भएको उक्त घटनामा अनुसन्धान गर्ने क्रममा हत्याको घटनामा प्रमुख भूमिका निभाएका कारण हत्याराको नजिक पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कात्तिक १६ गते राति करिब ८ः१५ बजे काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा रहेको आफ्नै घरमा ६९ वर्षीया महिलाको शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा महिलाको टाउकोमा गम्भीर चोट देखिएको र घटनास्थलमै मृत अवस्थामा फेला परेपछि प्रहरी अनुशन्धानमा लागेको थियो ।
घटनाको जानकारी पाएपछि घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार, अपराध स्थलमा खोज अनुसन्धानका लागि (साइन्स अफ क्राइम अन द स्पट) टोली, फरेन्सिक र डग स्निफिङ टोली समेत सहभागी थिए। अनुसन्धानकै क्रममा मृतकका २८ वर्षीय छोराले आमाको हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवकले आफ्नो आमासँग विभिन्न विवाद रहेको र त्यसैको आवेशमा हत्या गरेको स्वीकार गरेका छन्। उनलाई थप कानुनी कारबाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । हत्या गर्ने फुर्साङ लामा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया