
नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि नै अपराध अनुशन्धानमा कुकुरको प्रयोग गरिदै आएको छ । नेपाल प्रहरीका १२ निकायमा रहेका एक सयभन्दा धेरै कुकुरले अपराध अनुशन्धानमा सहयोग पु¥र्याउँदै आएका छन् । हरेक बर्षको कुकुर तिहारको दिनमा नेपाल प्रहरीको केनाईन महाशाखाले अपराध अनुशन्धानमा खटिएकामध्ये उत्कृष्ट कुकुरलाई विशेष कार्यक्रम गर्दै सम्मान गर्ने गरेको छ ।
पाँच जना प्रहरीलाई कुकुरलाई कसरी अपराध अनुसन्धान तथा खोज कार्यमा प्रयोग गर्न सकिन्छ भनेर तालिमका लागि मलेसिया पठाईएको थियो । तालिमसँगै चार वटा कुकुर ल्याएर अनुशन्धानमा खटाईयो थियो । त्यसयता नेपाल प्रहरीले गम्भिर किमिसका अपराधमा कुकुरको प्रयोग गरेर सफलता हात पारिरहेको दाबी गर्दै आएको छ ।
नेपाल प्रहरीसँग अपराध अनुसन्धानका लागि प्रयोग हुने छ प्रजातिका एक सयभन्दा वटा कुकुर रहेको नेपाल प्रहरीको केनाईन महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामचन्द्र सत्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुरलाई न्यूनतम चार महिनादेखि एक बर्षसम्म तालिम दिने गरिन्छ । कुकुरले निश्चित समय पुरा गरेपछि निवृत्त जीवन समेत बिताउने गर्छ । पाँच बर्षदेखि १० बर्षसम्म कुकुरले प्रहरीलाई सहयोग गर्ने गरेको सत्यालले उल्लेख गर्नुभयो । स्वास्थ्य अवस्था, नश्ल र उमेरको आधारमा कुकुर निवृत्त हुने उहाँले बताउनुभयो ।
त्यसरी निवृत्त भएका कुकुरलाई लिएर जाने अधिकार भने तालिम दिने व्यक्तीलाई रहने उहाँले बताउँदै तालिम दिने व्यक्तीले नमाने नेपाल प्रहरीकै कर्मचारी र त्यसो नभएमा सर्वसाधारणले लिएर जान सक्ने हिसाबले प्रहरीले सूचना जारी गर्छ ।
नेपाल प्रहरीमा जस्तै कुकुरको पनि दर्जा हुने भनेर समय समयमा चर्चा हुने भएपनि कुकुरको जात र क्षमता अनुसार फरक फरक अपराध अनुशन्धानमा खटाईने भएपनि दर्जा भने नहुने सत्यालले जानकारी दिनुभयो ।
अपराध अनुसन्धानका लागि नेपाल प्रहरीले छिमेकी राष्ट्र भारत, थाइल्याण्ड, बेलायत, अमेरिका लगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याएर तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमताअनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिने उहाँले स्पष्ट पार्नुभयो ।
आकारमा ठूला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागूऔषधको अपराध अनुसन्धानमा खटाइने बताउँदै शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ट्रयाक गर्ने जिम्मेवारी दिने गरिदै आएको छ । कुकुरको ‘ब्रिड’ अनुसार नै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ । कुकुरलाई स्वस्थ्य बनाउन उसलाई सन्तुलित आहार प्रदान गर्ने गरिएको छ । प्रहरीले डग फुड खुवाउने गर्छ । एउटा कुकुरलाई दैनिक छ सय ग्राम डग फुड खुवाउने गरिन्छ ।
नेपाल प्रहरीसँग केन्द्रीय केनाईन महाशाखा, अन्तराष्ट्रिय विमानीस्थलहरु तथा आन्तरिक विमानस्थल र सात वटा प्रदेशमा केनाईन शाखा रहेको प्रवक्ता सत्यालले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ खनियाबासको ७२ बर्षिया रत्नकुमारी थापाको हत्यामा संम्लग्नलाई पक्राउ गर्न विशेष भुमिका खेल्ने साढे २ बर्षको जर्मन सेफर्ड कुकुर टाईगरलाई यो बर्षको सर्वाेत्कृष्ट कुकुरको रुपमा सम्मान गरिने भएको छ । सो कुकुरले २०८० पौष १७ गते शिवपुरी गाउँपालिका–९ बखतीटोल बस्ने ७५ बर्षिया नेत्रकुमारीको हत्यामा अनुशन्धानमा टाईगरले दिएको प्रमाणको आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
कुकुर ह्याण्डलर बरिष्ठ प्रहरी हबलदार भिम गौतमले एक बर्षको बिचमा टाईगरले गम्भिर अपराधका दुई जना अभियुक्तलाई पक्राउ गर्न सफल भएपछि सर्वोत्कृष्ट सम्मान पाएको बताउनुभयो ।
नेपाल प्रहरीले कुकुरको सहायताले अपराध नियन्त्रणमा अनेकौ कामहरु गरिरहेको प्रवक्ता सत्यालले बताउनुभयो । उहाँले हत्यारा पव्रmन, लागु औषध तथा हात हतियार नियन्त्रणमा प्रहरीको साथी कुकुर बनिरहेको छ भने प्रहरीले कुकुरको क्षमता अनुसार कुकुरलाई अपराध अनुशन्धान नियन्त्रणमा समेत प्रयोग गर्ने गरेको छ ।
प्रहरीले अनुशन्धान गरेका अनेकौ सफलता हात पारेका छन् । २०७० माघ १० गते रसुवाको पहिरोमा इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता हुनुभयो । ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारियो । भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरियो । प्राकृतिक विपत्तिमा हराएका मानिस खोज्न कुकुर सहयोगी बन्दै आएको छ ।
भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन् । नेपाल प्रहरीले अपराध अनुशन्धानमा प्रयोग गरेका कुकुर निक्कै उपयोगी देखिएका सत्यालले जानकारी दिनुभयो ।
२०७७ साउन २४ गते टोखा नगरपालिकाको नवज्योति रुटको सडकको छेउमा टाउको र खुट्टा बिनाको शव सहितको कालो सुटकेस भेटियो । प्रहरीले ‘जोजो’ नामको कुकुरलाई अनुसन्धानका लागि खटायो । जसले सुटकेस बोक्न प्रयोग गरिने टम्पलाइन सुँघ्ने र शवको बाँकी टाउको र खुट्टा भएको अर्को झोला देखाएर करिब २०० मिटरको दुरी पछ्याएर शव पहिचान गर्न मद्दत गरेको उहाँले स्पष्ट पार्नुभयो ।
२०७७ साल आश्विन १० गते सुनसरीको बराहक्षेत्र नगरपालिकामा १२ वर्षीया मीना राईको हत्यामा प्रयोग भएको बियरको बोतलको फुटेको गिलास ‘लैला’ नामको कुकुरले एक किलोमिटर ट्र्याक पछ्याउँदै अपराधीलाई पक्राउ गर्न सहयोगी बन्यो ।
४१ बर्षअघि दोलखाको चरिकोटमा एकै परिवारका चार जनाको विभत्स हत्या भयो । हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन । प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई । सोही कुकुरले हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा रहेको उसले पत्ता लगाइहाल्यो । खुकुरीको बिँड सुँघेर हत्यारा पनि पत्ता लगाईदिएको थियो ।
बारामा पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरेको थियो । निरन्तर एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लाग्न सकेको थिएन ।
२०७१ साल असोज १४ गते रातको समयमा लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या भयो । पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो । घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाउन प्रहरी सफल भयो ।
कुकुर प्रहरीको अपराध अनुशन्धानको सदैव साथी
2024-10-31T07:07:53+05:45

तपाईको प्रतिक्रिया