साफ फाइनल : नेपाल र बंगलादेशको पहिलो हाफ गोलरहित बराबरीमा

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।  बंगलादेशको पोस्टमा नेपालले खेलको १० औं मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बंगलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो । बंगलादेशका मोनिका चक्माले ३३ औं मिनेटमा डिबक्स छेउबाट गर्नुभएको फ्रिकिक प्रहार बाहिर गएको थियो। नेपालले केही महत्त्वपूर्ण अवसर पाए पनि गोल गर्न नसकेको हो । बंगलादेशको केही प्रहार नेपाली गोलरक्षकले बचाउ गर्नुभयो ।

नेपालले आज अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ ।  २०औँ मिनेटमा नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड  पाउनुभयो ।  २०औँ मिनेटमा विपक्षी खेलाडीमाथि फल हानेपछि नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड देखाइएको थियो । नेपालले पहिलो हाफमा अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ । बङ्गलादेश साविक विजेता हो । यसअघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया