९७ देशका मानवतावादी अभियानकर्मी काभ्रेमा

बनेपा÷शान्ति र अहिंसाका लागि विश्वयात्रामा रहेका ९७ भन्दा धेरै देशका अभियानकर्मीको टोली नेपाल आईपुगेको छ ।
२ अक्टोबर सन् २०२४ मा कोष्टारिकाबाट सुरु भएको अभियानको टोलि नेपाल आईपुगेको हो । युरोप, अफ्रिका, अमेरिकाको बाटोहुँदै एशियामा आईपुगेको सो टोलीले एक साता नेपालका विभिन्न ठाउँमा पुगेर शान्ति र अहिंसाको बारेमा जानकारी लिनेछ । काठमाडांैको टोखा, बौद्ध, बुढानिलकण्ठ,बनेपा, पनौती र धुलिखेलमा आयोजित विभिन्न कार्यक्रममा अभियानकर्मीको टोलीको स्वागत गरिएको छ ।
नेपालमा स्पेन, बेलायत, ईटाली, अष्टे«लिया, भारत, बंगलादेशको टोली आइपुगेको छ । साँस्कृतिक सहर टोखाका अधिकारीले शान्ति र अहिंसाको सन्देश बोकेर आएको टोलीको भव्य स्वागत गरेको छ ।
नेपालमा रहेको शान्तिको सन्देश विश्वभर पु¥याउने भएकाले उहाँहरुलाई नेपालको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको छ । नेपाल आईपुगेको टोलि शान्ति र अहिंसाको प्रतिक भगवान गौतमबुद्धको अघिल्लो जन्म मानिएको नमोबुद्ध नजिकै रहेको पनौती बजारमा पुगेर लायकु दरबारमा दिप प्रज्वलन गरेको छ ।
मानवतावादी अभियान काभ्रेका संयोजक कविरकुमार रंजिकारका अनुसार तीन दिनसम्म काभ्रेको पनौती, बनेपा र धुलिखेलमा विभिन्न गतिविधि गरिएको जानकारी दिनुभयो । अभियानमा आउनु भएको विश्वका ९७ देशका अभियानकर्मीलाई काभ्रेमा स्वागत गर्न पाउँदा निक्कै खुसी लागेको उहाँले उल्लेख गर्नुभयो ।
अभियानकर्मीलाई बनेपा नगरपालिकाले स्वागत गर्दै शान्ति अहिंसाको मर्मलाई नेपालले आत्मसाथ गरेको उल्लेख गरेको सन्देश दिएको रंजितकारले जानकारी दिनुभयो । त्यस्तै काठमाडौं विश्वविद्यालयमा सो टोलीले अन्तरकृया कार्यक्रम आयोजना गर्नेेछ ।
चार दिनसम्म नेपालमा रहेको सो टोली पाकिस्तान, श्रीलका, भारततर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ । अभियान आगामी जनवरीको ५ तारिखमा कोष्टारिकामा पुगेर समापन हुनेछ ।

 

तपाईको प्रतिक्रिया