
नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले यातायात व्यवसायीलाई प्रशंसापत्रले सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले बुधबार आयोजित कार्यक्रममा स्थानीय तह, संघ संस्था, व्यक्तिहरुलाई प्रशंसापत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरीहरूलाई सम्मान गरेको हो ।
नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका वडा नम्बर १० का अध्यक्ष विकेन तामाङ, नेपाल रेडक्रस सोसाईटी, मंगलटार उप-शाखालाई सम्मान गरेको हो ।
त्यस्तै,गणेश हिमाल तराई यातायात प्रा.लि का अध्यक्ष आत्मराम थापा, बागमती ट्रिपर व्यवसायी संघ अध्यक्ष सुरेश खत्री, काभ्रे पुण्यवती यातायात प्रा.लि प्रा.लि.का अध्यक्ष राजेश सुन्दर सैजु, धुलिखेल नगरपालिका वडा नं. ७ निवासी रमेश दाहाल, मधुसुदन ढकाललगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अमर प्रहरी परिवारका परिवारजनलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, प्रहरी नायव उपरीक्षक मिन बहादुर घले, प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खड्का, पुर्व प्रहरी संगठन काभ्रेका उपाध्यक्ष पुर्व प्रहरी निरीक्षक प्रदिप कार्की लगायतले प्रहरीको भुमिकाबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया