पहिरो प्रभावित क्षेत्रमा प्रहरीको स्वास्थ्य शिविर

नेपाल प्रहरी अस्पतालले बाढीबाट प्रभावित काभ्रेपलाञ्चोक जिल्लामा पुगेर स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसर पारेर प्रहरीले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

बाढी र पहिरोको कहरमा परेको काभ्रेपलाञ्चोक  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगर वडा २ मा ६९ औ प्रहरी दिवसको अवसरमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नेपाल प्रहरी अस्पतालबाट बालुवापाटी माध्यामिक  विद्यालयमा संचालन गरिएको बृहत निशुल्क स्वास्थ्य शिविरमा ६२४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक  डा.दामोदर पौडेलको कमाण्डमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा रेडियोलोजी,डेण्टल,जनरल सर्जरी,बाल रोग,मेडिसिन,हाडजोर्नी,नाक कान घाँटी,स्त्री तथा प्रसुती,छाला,मानसिक,आँखाका विशेषज्ञहरुद्वारा सेवा प्रदान गर्नुका साथै  प्याथोलोजी,ड्रेसिङ,फिजियोथेरापी तथा निशुल्क औषधी प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा २६८ जना पुरुष तथा ३५६ जना महिलाहरुलाई सेवा प्रदान गरिएको छ।

तपाईको प्रतिक्रिया