काभ्रेमा ९२ विद्यालयमा बाढीपहिरोले क्षति


धुलिखेल÷बाढी पहिरोमा परेर काभ्रेमा कम्तीमा ९२ विद्यालयमा क्षति पारेको छ । ११ स्थानीय तहका ९२ विद्यालयमा क्षति पारेको हो । जिल्ला शिक्षा ईकाई काभ्रेका प्रमुुख देवकी ढकालले शनिबारको बाढी पहिरोले विद्यालयमा क्षति पुगेको बताईन् ।
उनका अनुुसार, जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा ५, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा ७, धुलिखेल नगरपालिकामा ५, पाँचखाल नगरपालिकामा १३, चौरी देउराली गाउँपालिकामा २८, बनेपा नगरपालिकामा ३, खानीखोला गाउँपालिकामा ४ र मण्डनदेउपुर नगरपालिकामा ६ बिद्यालयमा क्षति पुगेको ईकाईले जनाएको छ ।
शनिबारको बर्षाले जिल्लाको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका बिद्यालयहरुमा पुर्ण क्षति पुगेको इकाई प्रमुख ढकालले बताईन् । मुख्य जोखिम रहेका पालिकाहरु भित्र रहेका धेरै जसो बिद्यालयहरु पुर्ण क्षति पुगे अन्य पालिकाहरुको बिद्यालयहरु सामान्य क्षति पुगेको छ ।
रोशी , पनौती र बेथानचोक पालिका भित्र रहेका धेरै जसो बिद्यालयहरुमा दशै पछि कक्षा नै संचालन गर्न नसक्ने अवस्थामा बिद्यालयहरुमा क्षति पुगेको ईकाई प्रमुख ढकालले जानकारी दिईन् । बिद्यालय संगै पनौती नगरपालिकामा ३, रोशी गाउँपालिकामा २,तेमाल गाउँपालिकामा २ र धुलिखेल नगरपालिकामा १ बिद्यार्थीकोे बाढी पहिरोमा परेर मृत्यु भएको जिल्ला शिक्षा ईकाई काभ्रेले जनाएको छ ।
जिल्लामा क्षति पुगेका बिद्यालयहरुमा के कसरी समन्वय गरेर संचालनमा ल्याउन सक्छ भन्ने बारे माथिल्ले निकाय संग समन्वय र अन्य निकायहरु संग परिचालन गरे निर्माणमा के कस्तो योजना बनाउन सकिन्छ भने बिषयमै पहल लिने कामहरु भईरहेको ईकाई प्रमुख देवकी ढकालले बताईन् ।
रोशी गाउँ पालिका वडा नं ९ मंगलटारमा रहेको मंगलजन विजय माबि पुर्ण क्षति पुगेको प्रअ बासु थापाले जानकारी दिए । बाढि पहिरो आए देखि बिद्यालय पुर्ण बन्द छ बिद्यालयले सूचना जारी गरेर अर्काे सूचना जारी नहुन्जेललाई बिद्यालय नै बन्द रहने सूचना जारी गरिएको प्रअ थापाले बताए । तीन तहको सरकारलाई तत्काल निर्माणमा पहल लिनको लागि अनुरोध समेत बिद्यालय परिवारले गरिसकेको थापाले जानकारी दिए । अब बिद्यालय पुरानो स्तरमै फरकाउनको लागि दुई कारोड लाग्ने थापाले अनुमान गरे ।
जिल्लाको दुई पालिका नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिका भित्र रहेको बिद्यालयहरुको क्षतिको बिवरण प्राप्त हुने सकेको छैन । बिद्युत संचालन नभएका कारण बिद्यालय के कति क्षति भयो भन्ने एकिन नभएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

 

तपाईको प्रतिक्रिया