
अविरल बर्षाको कारण आएको बाढी, पहिरोका कारण ज्यान गुमाएका पनौतीका मृतकको परिवारलाई राहत लिएर मेयर रामशरण भण्डारी र उपमेयर गिता बन्जारा परिवार भेट्न पुगेकाछन ।
मृत्यु भएका परिवारमा काजकिरीया लगायत सामाजिक कार्य गर्नको लागि नगरपालिकाको निर्णय बमोजिम प्रतिव्यक्ति रु २५ हजारको दरले घरमै पुगेर बितरण गर्न थालिएको छ । पनौती नगरपालिका वडा नं ११ थुम्कीका मृतकहरू अर्जुन भण्डारी र मैया भण्डारीको परिवार भेट्न उहाँ हरु बुधबार पुगेका थिए ।
वडा नं १० को मृतक काशिराम महतको परिवारलाई पनि नगद राहत लिएर मेयर, उपमेयर बुधबारनै पुगेकाछन ।

तपाईको प्रतिक्रिया